coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायी संघमा अधिकारी

नुवाकोट – नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा सुमन अधिकारी विजयी भएका छन्।

नयाँ नेतृत्व चयन गर्न आइतबार भएको मतदानको मत परिणाम सोमबार बिहान सार्वजनिक गरिएको थियो । मतपरिणाम अनुसार सुमन अधिकारीले दुई सय ३१ मत प्राप्त गरे थिए । उनका प्रतिस्पर्धी कृष्णप्रसाद थपलियाले एक सय ५९ मत प्राप्त गरेका थिए।

प्रमुख निर्वाचन अधिकृत आत्मकुमार शाहका अनुसार वरिष्ठ उपाध्यक्षमा शैलेन्द्रराज प्याकुरेल विजयी भएका छन् । उनले २ सय ४० मत प्राप्त गरेका छन् भने उनको प्रतिष्पर्धी होमबहादुर तामाङले एक सय ६० मत प्राप्त गरे।

यस्तै प्रथम उपाध्यक्षमा गणेशबहादुर तामाङ, द्वितीय उपाध्यक्षमा पशुपति थापा, महासचिवमा रमेश बस्नेत, उपमहासचिवमा गोकर्ण थपलिया, सचिवमा रामसिं लामा, सहसचिवमा भगवान अधिकारी अशोक, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा शिवलाल श्रेष्ठ विजयी भएको प्रमुख निर्वाचन अधिकृत शाहले बताए।

त्यस्तै सदस्यमा रामचन्द्र श्रेष्ठ, रमेश बोगटी, राजनप्रसाद जमरकट्टेल, श्रीराम तामाङ, दशरथा थापा, श्यामबहादुर तामाङ, कुमारप्रसाद गौतम, काजिमान डंगोल, शरण घले तामाङ, विक्रम घले, र विनोद थापा विजयी भएका छन्।

नेपाली काङ्ग्रेसको प्यानलबाट कृष्णप्रसाद थपलियाको नेतृत्व थियो भने नेकपाको समर्थनमा सुमन अधिकारीको प्यानलले निर्वाचनमा  उम्मेदवारी दिएका थिए । विजयी भएका सबै पदाधिकारी अधिकारी प्यानलको रहेको  छ।

अध्यक्षमा बिजयी भएपछि अध्यक्ष सुमन अधिकारीले संघमा आबद्ध भएका सबै व्यवसायीलाई एकताबद्ध बनाएर राख्न र व्ययवसायीले भोग्दै आएको ज्यालादरमा रहेको दोहोरो शुल्क लगायतमा उत्पन्न समस्या समाधानको लागी पहल गर्ने प्रतिबद्धता बताएका छन्।

प्रकाशित: २ आश्विन २०७५ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App