५ वैशाख २०८१ बुधबार
खेल

अफगानिस्तानसँग हारेपछि श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौं – अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरिएको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १३७ रनको फराकिलो अन्तरले हारेको थियो। जितसँगै अफगानिस्तानले एक खेल अगावै एसिया कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। 

युएईमा सोमबार राति सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा २ सय ४९ रन बनाएको थियो। अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ७२ रन बनाए। उनले ९० बलको सामना गर्दै ५ चौंका प्रहार गरेका थिए। त्यस्तै इशानुल्लाहले ४५, हशमतुल्लाह साहिदीले ३७, मोहम्मद सहजादले ३४, मोहम्मद नाबीले १५, रसिद खानले १३ र नजिबुल्लाह जद्रानले १२ रनको योगदान दिए। 

श्रीलंकाका लागि थिसरा परेराले ५, अकिला धनन्जयले २ तथा लासिथ मालिङ्गा, धुस्मन्थ चमेरा र सेहन जयसुर्याले समान एक–एक विकेट लिए।

जवाफमा २५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.२ ओभरमा अल आउट हुँदै १५८ रनमा समेटिएको थियो।

श्रीलंकाका लागि श्रीलंकाका उपुल थरंगाले सर्वाधिक ३६ रन बनाए। त्यस्तै थिसरा परेराले २८,  धनन्जय डी सिल्भाले २३, एङ्गेलो म्याथ्युजले २२, कुशल परेराले १७ र सेहन जयसुर्याल् १३ रन जोडेपनि अन्यले राम्रो प्रदर्शन गर्न नसक्दा पाँच पटकको च्याम्पियन श्रीलंका प्रतियोगिताबाट बाहिरियो। 

श्रीलंकालाई सस्तैमा समेटन अफगानिस्तानका रासिद खान, मुजीब उर रहमान, मोहम्मद नावी र गुलाबदिन नहिबले समान २–२ विकेट लिए। 

एसिया कप अन्तर्गत आज भारत र हङकङ भिड्दै छन्। खेल ५ः१५ बजेपछि शुरु हुनेछ।

प्रकाशित: २ आश्विन २०७५ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App