७ वैशाख २०८१ शुक्रबार
अर्थ

माछापुच्छ्रे बैंकमा असोजभर ‘माछापुच्छ्रे महोत्सव’

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले कारोबार थालेको १८ वर्ष पूरा गरेको उपलक्ष्यमा असोज महिनाभर आफ्ना सम्पूर्ण शाखामा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको जनाएको छ। १८औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकका सम्पूर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभूति गराउने विज्ञप्तिमा उल्लेख छ।

साथै ग्राहकलाई निःशुल्क डेबिट कार्ड, इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता खोलिदिने बैंकले जनाएको छ। त्यसैगरी, लकर, माछापुच्छ्रे मोबाइल मनी जारीमा लाग्ने शुल्क र क्रेडिट कार्ड शुल्कमा ५० प्रतिशत छुट हुने बैंकले जनाएको छ।

रिटेल कर्जा सेवा शुल्कमा ०.१८ प्रतिशत छुट हुनेछ । ग्राहकलाई सरप्राइज गिफ्टसमेत दिने बैंकले बताएको छ।

महोत्सव असोज महिनाभर जारी रहनेछ। पोखराबाट २०५७ सालमा बैंकिङ कारोबार सुरु गरेको यस बैंकले ८६ शाखा, दुई एक्स्टेन्सन काउन्टर, २८ शाखारहित सेवालगायत ९९ वटा एटिएमबाट देशभरका पाँच लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: २ आश्विन २०७५ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App