७ वैशाख २०८१ शुक्रबार
कला

पेरिस फेशनमा नेपाली ढाका प्रदर्शन

काठमाडौं – नेपाली फेसन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले फ्रान्सको पेरिसमा गत सेप्टेम्बर १२ मा भएको ‘क्याटवक पेरिस रिभ्योलुसन’मा नेपाली ढाका डिजाइनका पहिरनलाई अन्तर्राष्ट्रिय मोडलमार्फत प्रदर्शन गरेकी छन्। पश्चिमा पहिरनमा नेपाली ढाकाको फ्युजन गराएर बनाइएका १२ पहिरनलाई उनले विभिन्न देशबाट आएका मोडलको सहयोगमा डिजाइनलाई -याम्प शोमार्फत प्रदर्शन गरेकी हुन् । यो कार्यक्रम एसएम ग्लोबलले आयोजना गरेको थियो।

पुनमले वेस्टन डिजाइनमा फ्युजन गराई तयार पारेको लाली गुराँसको रंग मिश्रित साडी प्रति सहभागीको चासो बढी देखिएको बताइन्। उनले बिकिनी पहिरनलाई चोलीसँग फ्युजन गराएकी थिइन् । बेलायतको लण्डन र अमेरिकाको न्यूर्योकमा आफ्नो डिजाइनका पहिरनको प्रदर्शन गरिसकेकी पुनमले पेरिसको कार्यक्रम उपलब्धिमूलक भएको बताइन्। ‘बेलायत र अमेरिकाको भन्दा फ्रान्सको सहभागिता विशेष रह्यो । यहाँको व्यस्त समय तालिकामा प्रत्येक आधा आधा घण्टामा फेशन शो हुँदोरहेछ। एकले अर्कोको फेशनमा ध्यान नदिँदा रहेछन्,’पुनमले पेरिसबाट भनिन्,‘मेरो डिजाइनको पहिरन लगाएर मोडलले -याम्प गर्दा पृष्ठभूमिमा नेपाली संगीत बजाइएको थियो । कार्यक्रम सञ्चालकले पटक पटक ‘नेपाल’ शब्द उच्चारण गर्दा मन नै प्रफूल्ल भयो।’

पुनमका अनुसार कार्यक्रमका कोरियोग्राफरले पुनमलाई ‘आइ एम प्रेजेन्टिङ युअर कन्ट्री’ भन्दै नेपाली ढाकाको पहिरन लगाएका थिए। ‘नेपालको फ्युजन पहिरन लगाएर मोडल -याम्पमा हिँड्दा ‘वेलकम टु पेरिस’ भन्दै ताली बजाए,’उनले सम्झिईन्,‘मोडलहरूले पनि आफूहरुले पहिलोपटक यस किसिमको पहिरन लगाएको बताउँदा म खुशी भएँ।’

पुनमले नेपालमा विभिन्न किसिमका फेब्रिक रहेकाले त्यसको अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न सकिएमा नेपाली फेसनले अन्तर्राष्ट्रिय बजार पाउने दाबी गरिन्।

पेरिसपछि दुबइमा पनि फेशन शो गर्ने तयारीमा रहेकी पुनम एसएम ग्लोबलसँग आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले सहकार्य गर्दै दुई वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय वृहत फेशन शो गर्दैछिन्।

प्रकाशित: २ आश्विन २०७५ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App