८ वैशाख २०८१ शनिबार
कला

दरबारमार्गमा रिगल इन्क

काठमाडौं – नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट राजधानीको दरबारमार्गमा खुलेको छ। ट्याग इन्टरनेशनल प्रालिमा दर्ता रियल इन्कको शोरुम दरबारमार्गको त्रिसरा रेष्टुरेन्टको भवनमा खुलेको हो।

शोरुमको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले शुभारम्भ गर्दै फेशनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनौटको अवसर बढेको बताए।

रिगल इन्कका प्रमुख कार्यकारी अधिकृत अशुतोश अग्रवालले  आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यबा साथ शोरुम खोलिएको बताए। ‘यसबाट लुक्समात्र फेरिने छैन । सँगै हामी गुणस्तर, विश्वासनीयता, सस्तो र धान्नसक्ने गरी उत्पादनहरू उपलब्ध गराउने छौं’ अग्रवालले भने।

अग्रवालले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरू पनि उपलब्ध गराउँदै जाने बताए। उनका अनुसार शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुनेछन्। जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल, भारतीय कम्पनीको द म्यान कम्पनी, लोरो पियना, भाइटल बारबेरिस, डि डेल्फीनो र  डोरमिइएल ब्रान्डका उत्पादनहरू, लानफिको र इटालियन सुट ब्रान्ड जेग्ना छन्।

प्रकाशित: २ आश्विन २०७५ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App