coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

किइभोविरुद्ध रोकियो रोमा

मिलान  – च्याम्पियन्स लिगको साबिक विजेता रियाल मड्रिडविरुद्ध खेल्ने इटालियन क्लब एएस रोमा आइतबार राति किइभोसँग २–२ को बराबरीमा रोकिएको छ।  

फियोरेन्टिनासँग ६–१ ले पराजित भएपछि किइभोले पछिल्ला तीन खेल हारेको छैन । रोमाले पहिलो हाफमा २ गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । स्टेफन एल सारावेको गोलबाट १०औं मिनेटमा अग्रता लिएको रोमाले ३०औं मिनेटमा ब्रान क्रिस्टन्टको गोलबाट अग्रता दोब्बर बनाएको थियो । तर ५२औं मिनेटमा भाल्टर विरा र ८३औं मिनेटमा मारियुज स्टेपिन्सकीको गोल गरेपछि भ्रमणकारी किइभो अंक बाँड्न सफल भयो। 

चार खेलबाट रोमाको ५ अंक भएको छ । रोमाले यो ४ खेलमा ७ गोल खाएको छ । ‘हामीले गोल गर्ने समस्या देखियो । जुन मड्रिडमा दोहोर्याउने छुट हामीलाई छैन,’ रोमाका प्रशिक्षक युसेवियो डी फ्रान्सेस्कोले भने । रोमाले बुधबार राति रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। 

युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलग्रीले सासौलोका खेलाडीले समान्य विवादमा पनि डग्लस कोस्टाले उक्साउने काम गरेको र सोही कारण उनले रातो कार्डको दर्शन गर्न परेको भन्दै त्यसप्रति आक्रोश व्यक्त गरेका छन् । एलेग्रीले सासौलोका फेड्रिको डी फ्रान्सिस्को खराब व्यवहारको उक्साहटमा लागेकाले कोस्टाले रातो कार्डको दर्शन गर्न परेको बताएका हुन्।

रोनाल्डोले गोलको लय भेट्टाएसँगै बुधबार च्याम्पियन्स लिगमा भ्यालेसिन्याको सामना गर्ने तयारीमा रहेको युभेन्ट्सले उनको लयले त्यो खेलमा पनि निरन्तरता पाउने अपेक्षा गरेको छ।

इन्जुरी समयको तेस्रो मिनेटमा पहेंलो कार्डको दर्शन गरेका कोस्टाले त्यसको तीन मिनेटपछि फ्रान्सिस्कोको मुखमा थुकेको भन्दै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि युभेन्ट्सले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

सासौलोका खेलाडीले विरोध जनाएपछि इटालीका रेफ्री ड्यानियल सेफीले भिडियो सहायक रेफ्री प्रविधि (भिएआर) को सहयोग लिएका थिए । भिएआरमा कोस्टाले फान्स्रिस्कोको मुखमा थुकेको देखिएको थियो । स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा गोलको खाता खोलेको उक्त खेलमा युभेन्ट्सले २–१ को जित हात पारेको थियो । युभेन्ट्सको जितमा दुवै गोल रोनाल्डोले गरेका थिए । यसै सिजन स्पेनिस ला लिगा महारथी रियाल मड्रिडबाट युभेन्ट्स भित्रिएका रोनाल्डोले यसअघिका ३ खेलमा भने कुनै गोल गर्न सकेका थिएनन्।

५०औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका रोनाल्डोले त्यसको १५ मिनेटपछि टोलीको अग्रता दोब्बर पारेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा खोउमा खाउमा बाबाकरले गोल गर्दै सासौलोलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भने बनेन । यस जितपछि ४ खेलमा १२ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ भने ९ अंक जोडेको नेपोली दोस्रो र ७ अंकका साथ सासौलो तेस्रो स्थानमा छन्।

तर युभेन्ट्सको जितभन्दा पनि आइतबार सम्पन्न खेलमा कोस्टाले दर्शन गर्नुपरेको रातो कार्डको चर्चा चलिरहेको छ । 
‘कुनै पनि खेलाडीले मैदानमा आफ्नो आक्रोशलाई नियन्त्रण गर्न आवश्यक छ,’ एलेग्रीले भने, ‘यो नै असल खेलाडीको विशेषता हो   । कोस्टा पहेंलो कार्डको निर्णयका कारण क्रुद्ध थिए । फ्रान्सिस्कोले त्यसलगत्तै कोस्टालाई थप उक्साउने व्यवहार गरे । जसका कारण उनले नियन्त्रण गुमाए र त्यो घटना हुन पुग्यो।’

रोनाल्डोले गोलको लय भेट्टाएसँगै बुधबार च्याम्पियन्स लिगमा भ्यालेसिन्याको सामना गर्ने तयारीमा रहेको युभेन्ट्सले उनको लयले त्यो खेलमा पनि निरन्तरता पाउने अपेक्षा गरेको छ । ‘अघिल्ला तीन खेलमा पनि रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त खेलमा हामीले देख्न सक्छाैं, रोनाल्डो गोलका लागि प्रयासरत थिए,’ एलग्रीले भने, ‘आज उनले दुई मौका पाएका थिए, सहजै मौकालाई सदुपयोग गर्न सफल भए । रोनाल्डो युभेन्ट्समा अनुबन्धित भए पछि सिरी ‘ए’ को प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल गर्न सफल भएका छन् । उनको खेलमा निकै खुसी छु।’

सिरी ‘ए’ अन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा लाजियोले इम्पोलीलाई १–० ले निराश पार्दा एएस रोमाले किइभो भेरानासँग २–२ र एसी मिलानले पनि काग्लियारीसँग १–१ को बराबरीमा चित्त बुझाएका छन्। 

प्रकाशित: २ आश्विन २०७५ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App