coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अरुपण कलामा रमाएका कलाकार खनाल

काठमाडौं - कला समिक्षक रमेश खनाल उमेरले सत्तरीको उकालो लागिसके । शारीरिक उमेरले ७० नाघे पनि उनका हातले बनेका चित्र २५ वर्षे तन्नेरी झैं लाग्छ। जीवनको पहिलो कला प्रदर्शनी गर्दा उनी जति जवान थिए। राजधानीमा भइरहेको उनको ३३ औं एकल प्रदर्शनी हेर्दा उनको कलामा पहिलेकै जस्तो जवानी देखिन्छ।

सन् २०१८ को दोस्रो महिना उनले अमेरिकामा सोलो ३२ औं कला प्रदर्शनी गरेका थिए। त्यो कला प्रदर्शनी उनको अरुपणमा जवानी भर्ने नयाँ माध्यम बन्यो । ‘अमेरिकाका संग्राहलय घुम्दा प्रसिद्ध कलाकारका चित्र हेरें,’ उनले भने, ‘मेरो जस्तो चित्र कसले बनाउँदो रहेछ भनेर धेरै खोजें । तर कहिँकतै पनि भेटिनँ।’ त्यही मेसोमा उनले पिकासोका कला नेपाल भित्र्याए। उनले नयाँ पुस्ताका कलाकारलाई पिकासोका साना स्टिकर चित्रबाट ठूला आकारमा ढालेर साक्षात्कारसमेत गरे।

सुरु सुरुमा हेर्दा रंग पोखेर के गरेको होला जस्तो लाग्थ्यो । चित्रमा हुने रंगको अचुक संयोजनले बिना बिम्बका चित्रमा अनौठो खालको आकर्षण र सुन्दरता भरिन थाले।

आफ्नो अरुपण चित्रको नविनता उनको नयाँ उर्जाको कारण बन्यो। उनले अरुपण अर्थात रुप नभएको कला विश्वमै नौलो रहेछ भन्ने बुझे। पश्चिमा कलाकारका टिप्पणी र सुझावले उनीभित्रको अरुपणको रंग जाग्यो। नेपाल फर्केपछि नयाँ उर्जाको रंग क्यानभासमा छर्न बसे। त्यसको रौनक ६ महिनाको अन्तरालमा ३३ औं कला प्रदर्शनी बनेर यतिबेला पारखी माझ आएको छ।

जवानीमा भर्खर कला प्रदर्शनी थाल्दा तत्कालिन कला पारखी तथा संगित साधक इश्वर बल्लभले उनका कला अरुपण शैलीको भएको बताएर उनलाई त्यही बाटोमा अघि बढ्न सुझाएका थिए। एउटा धार नबोकी कलामा पहिचान बनाउन नसकिने बुझेका उनले अरुपण चित्रलाई नै आफ्नो धार बनाए।

‘सुरु सुरुमा हेर्दा रंग पोखेर के गरेको होला जस्तो लाग्थ्यो,’ उनका समकक्षी राधेश्याम मुल्मीले भने, ‘चित्रमा हुने रंगको अचुक संयोजनले बिना बिम्बका चित्रमा अनौठो खालको आकर्षण र सुन्दरता भरिन थाले।’ कलात्मक रंग संयोजनसँगै पछाडि देखिने रंग मिलान गर्न अरुपणमा निकै चुनौती छन् । त्यसैले पनि अन्य अमूर्त कला भर्ने कलाकार भन्दा उनका अरुपणको रुप फरक छन्।  

खनाल आफुमात्र अघि बढ्दैनन्। नयाँ पुस्तालाई उर्जाशिल बनाउन आफ्ना दक्षता बाँड्न कन्जुस्याँई पनि गर्दैनन् । त्यसैले पनि खनाल दोस्रो र तेस्रो पुस्तामाझ लोकप्रिय छन्। झण्डै दुई दर्जन विद्यार्थीलाइ खनालले एकल लगानीको विद्वत वृति दिएर चित्रकारिता सिकाइरहेका छन्।

खनालका अर्का समकक्षी कलाकार केके कर्माचार्यले अरुपणवाद उही भएपनि नयाँ चित्रमा रंगका रंग भर्ने शैली विगतका भन्दा निकै फरक भेटे। ‘अचेल खनालका कलामा नाम लेख्नै पर्दैन,’ कर्माचार्यले भने, ‘अरुपण चित्र पढ्न र सुन्नका लागि हैन हेर्ने र बुझ्ने प्रयास गर्ने हो भन्ने ज्ञान दिन्छ।’

कलात्मकतासँगै खनालले यसपाला आफ्ना अरुपणमा बालुवा, काठ, कागज आदीको प्रयोग गरेर सुन्दरता निखारेका छन्।  ‘अरुपण स्पोटेनियस २’ नामक उनको कला प्रदर्शनीको उड्ययन इन्जिनियर शम्भुप्रसाद अधिकारीले उद्घाटन गरे। आफुमात्र दक्ष बन्ने भन्दा पनि आफ्ना दक्षता बाँडिहिड्ने कलाकार खनालको व्यक्तित्व र चित्र दुबै उर्जामय रहेको अधिकारीले सुनाए।

अरुपण आर्ट ग्यालरीमा रहेका खनालका चित्र बिम्ब बिहिन र रुपबिहिन चित्रको उच्च नमुना रहेको कार्यकारी निर्देशक रिता खनालले बताइन् । कला प्रदर्शनीमा रहेका २१ वटा चित्रको आकर्षण हेर्न कला पारखीको भिड नै लागेको थियो। साना बालबालिका समेत उनका चित्र हेर्ने,खुट्याउने र बुझ्ने अभ्यास गरिरहेका थिए । कला प्रदर्शनी करिब एकमहिना चल्ने जनाइएको छ।

प्रकाशित: २ आश्विन २०७५ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App