७ वैशाख २०८१ शुक्रबार
खेल

राजधानीमा सर्वाधिक राशीको फुटसल लिग हुँदै

काठमाडौँ–राजधानीमा सर्वाधिक राशीको फुटसल लिग हुने भएको छ। रेडबुल र आमा इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने रेडबुल फुटसल प्रतियोगीतामा आदर्श फुटसल, बानेश्वर रिक्रिस्नल सेन्टर, बीजी बर्दर्स, चउर रिक्रिस्नल सेन्टर, ढुकु फुटसल हव, हरिसिद्धि फुटसल, हाइ वे फुटसल, इम्पेरियल फुटसल, किक अफ फुटसल, किर्तिपुर फुटसल, कुमारी फुटसल, रजनी फुटसल, सामाखुशी फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र ह्वाइट हर्स फुटसल गरि १६ टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ। आयोजकले आज एक प्रेस विज्ञप्त्ति जारी गर्दै प्रतियोगीतामा सहभागी टिमलाई दुई समूहमा विभागजन गरिने र खेल होम एण्ड अवे पद्धतिका आधारमा खेलाइने जनाएको छ। जस अनुसार सहभागी प्रत्येक टोलीले आफ्नो घरेलु मैदानमा ७ र अवे मैदानमा ७ गरि कुल १४ खेल खेल्नेछन्।

प्रतियोगीताको विजेताले नगद १० लाख हात पर्ने र सर्वेत्कृष्ट गोलरक्षक तथा खेलाडीले जनही ५०–५० हजार पाउने आयोजकले जनाएको छ। प्रतियोगीताका खेलहरु कठमाडौँ , भक्तपुर र ललितपुरमा हुनेछन्।

 

प्रकाशित: २ आश्विन २०७३ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App