८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ ( शनिबार) गते अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने  छ।  ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक आजबाट न्यूयोर्कमा सुरु भएको छ।

महासभामा उच्चस्तरीय सम्बोधन असोज ९ गतेबाट मात्र शुरु हुने र प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम असोज ११ गते रहेको स्रोतले बताएको छ।

प्रकाशित: २ आश्विन २०७५ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App