coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान संशोधन, संविधान असफल पार्ने षडयन्त्रः उपाध्यक्ष रावल

धनगढी- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान कार्यान्वयन हुन नदिई असफल पार्ने षडयन्त्र अनुरुप अहिले संविधान शंसोधनको कुरा ल्याइएको बताएका छन्। राजनीतिक मुद्दा भनेर सरकारले टीकापुर घटनाका अभियुक्त माथीको मुद्दा फिर्ता लिए देशमा दण्डहिनता मौलाउने पनि उनको भनाई छ।

नेकपा एमाले प्रदेश नं ७ को प्रदेश कमिटीको सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्न आइतवार धनगढी पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष रावलले मुलुकमा अस्थिरता निम्त्याउने षडयन्त्र अनुरुप संविधान शंसोधन गर्न खोजिएको आरोप लगाए।

 मधेसको मुदा नै स्पष्ट नरहेकाले संविधान शंसोधनको कुराको कुनै औचित्य नभएको उनको भनाई छ।

वर्तमान सरकारको आयु म्यादी भएकाले चैतमा स्थानीय निकाय निर्वाचन हल्ला मात्र भएको रावलले बताए।

सरकारले दशै अघि राजनीतिक मुद्दा भन्दै अदातलमा रहेका मुद्दा फिर्ता गर्ने कुरा सार्वजनिक गरेकोमा टीकापुर हत्या राजनीतिक नभई अपराधिक र अमानवीय भएको बताए। टीकापुर घटनामा संलग्न माथीको मुद्दा फीर्ता लिइनु नहुने उनको भनाई छ।

यसैगरी प्रधानमन्त्री भारत भ्रमणका क्रममा संविधान शंसोधन र सवैको सहमती सहित कार्यान्वयन हुनुपर्ने कुराले देशको आन्तरिक मामलामा हस्तक्षेप निम्त्याएको उल्लेख गर्र्दै आपत्ती व्यक्त गरे। ‘हाम्रो शासन पद्धती र संविधान कस्तो बनाउने भनेर हामीले निर्णय गर्ने हो, यसमा छिमेकीले वोल्न मिल्दैन’उनले भने।

 

प्रकाशित: २ आश्विन २०७३ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App