सिक्टा सिँचाइमा अनियमितता

आयोजनाका कर्मचारीसँग अख्तियारको बयान सुरु

मङ्गलबार, ०२ असोज २०७५, ०६ : ४१ रुद्र खड्का

काठमाडौं - राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बद्ध कर्मचारीसँग बयान लिन थालेको छ। करिब १२ वर्ष लगाएर सिक्टाको हेडवक्र्स र मूल नहर निर्माण कार्य सकिए पनि अहिलेसम्म किसानको खेतमा पानी पुग्न सकेको छैन। मूल नहर परीक्षणका क्रममा पटकपटक भत्किएपछि ठेकेदार र कर्मचारीको मिलेमतोमा गुणस्तरहीन निर्माण कार्य भएको आशंका छ।

पछिल्लोपटक गत साउन ७ गते परीक्षणका क्रममा बाँकेको ढकेरीस्थित चंगाई नालानजिकैको मूल नहर भत्किएको थियो। आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको समय नजिकिँदै जाँदा मूल नहर काम नलाग्ने गरी भत्कन थालेपछि वर्र्षौंदेखि सिँचाइ पाउने किसानको आसमा तुषारापात भइरहेको छ । त्यस्तै राज्यको अर्बाैं रकम खेर जाने सम्भावना बढेको छ।

सिक्टामा हेडवक्र्ससहित मूल नहर निर्माणका लागि हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ। त्यस्तै चालु आर्थिक वर्षमा शाखा नहर निर्माण गर्न करिब एक अर्ब रुपैयाँ खर्च गर्ने तयारी छ। तीन अर्ब रुपैयाँ हाराहारीमा पूर्वी खण्डको मूल नहर बनाउने क्रम जारी छ।

पश्चिम खण्डको सबै ४५ किलोमिटर लामो मूल नहरको निर्माण सकिएपछि आयोजनाले दुई वर्षयता मूल नहर परीक्षण गर्दै आएको छ। ५० क्युमेक्स पानी अट्ने गरी निर्माण गरिएको सिक्टाको मूल नहरमा चारपाँच क्युमेक्स पानी छाड्नेबित्तिकै भत्कन्छ। गत साउन ७ गते परीक्षण गर्दा मूल नहरमा चार क्युमेक्स मात्र पानी छाडिएको थियो।

सिँचाइमन्त्रीलाई रिझाएर आयोजना प्रमुख बन्ने र ठेकेदारसँग मिलेमतो गरी गुणस्तरहीन काम गर्ने धन्दा मौलाउँदा वर्षौंदेखि अनियमितता हुँदै आएको बताइन्छ। पछिल्लोपटक मूल नहर भत्किएपछि स्थलगत अध्ययन गरेको अख्तियारले थप अध्ययनका लागि सुरुदेखि नै आयोजनामा कार्यरत प्रमुख, इन्जिनियर र कर्मचारीसँग बयान थालेको हो। अख्तियारले गम्भीरतापूर्वक अध्ययन थालेपछि यसपटक अनियमितता गर्नेलाई पक्कै पनि कारबाही हुने धेरैको अपेक्षा छ।

स्रोतका अनुसार अख्तियारले हालसम्म आयोजनाका पूर्वप्रमुखहरू कृष्णराज तिमिल्सिना, सर्वदेव जैसवाल, दिलीप कार्कीसँग बयान लिइसकेको छ। त्यस्तै सोमबार आयोजनाका पूर्वडिभिजनल इन्जिनियरद्वय प्रदीप थापा र सुशीलचन्द्र देवकोटालाई बोलाएर बयान लियो। आयोगले सिँचाइ विभागका महानिर्देशक सरोज पण्डित र सिक्टाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीसँग पनि बयान लिइसकेको छ।

पछिल्लोपटक मूल नहर परीक्षणका क्रममा भत्किँदा आयोजना प्रमुख रहेका रमेश बस्नेतलाई आयोगले मंगलबार बयानका लागि बोलाएको स्रोतले जनायो। बस्नेतमाथि मूल नहर सम्पन्न नहुँदै ठेकेदारलाई मर्मत र सुधार गर्ने दायित्वको अवधि थप नगरेको आरोप लाग्दै आएको छ। कानुनमा जुनसुकै आयोजना सफल भएको एक वर्षसम्म समस्या आएमा त्यसको मर्मत र सुधार गर्ने दायित्व ठेकेदार कम्पनीको हुने व्यवस्था छ। तर, बस्नेतले सिक्टाको मूल नहरबाट किसानको खेतमा पानी नपुग्दै ठेकेदार कम्पनीसँग मर्मत र सुधारको अवधि नवीकरण गरेका छैनन्।

जसले गर्दा ठेकेदारले सिक्टाको क्षतविक्षत मूल नहर मर्मत गर्ने दायित्व आफ्नो नभएको जिकिर गर्दै आइरहेको छ। पश्चिम खण्डको ४५ किलोमिटर लामो मूल नहरमध्ये ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले बनाएको हो। कालिकाले बनाएको नहरमै सबभन्दा बढी समस्या देखिएको छ। आयोजनाका तत्कालीन प्रमुख बस्नेतले मूल नहरको मर्मत र सुधारको दायित्व ठेकेदारको हुने प्रावधान नवीकरण नगर्दा कालिकाले बैंक धरौटीबापको रकम लिइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बस्नेतलाई हाल बागमती सिँचाइ आयोजनमा सरुवा गरेको छ।

यद्यपि सिक्टाको मूल नहरको सर्वाधिक काम भने हाल सिँचाइ विभागका महानिर्देशक रहेका सरोज पण्डित आयोजना प्रमुख हुँदा गरिएको हो। त्यस्तै अख्तियारले २०७४ असोजदेखि चैतसम्म सिक्टाको प्रमुख रहेका सहसचिव महेश्वरनरसिंह केसीलाई असोज ४ गते बोलाएको छ। केसीले भने आयोजना प्रमुख हुँदा सिक्टाको मूल नहरबाट पानी चल्न नसक्ने प्रतिवेदन मन्त्रालयलगायतका निकायमा बुझाइसकेका थिए।

स्रोतका अनुसार सिक्टा अनियमितता छानबिनका लागि आयोजनामा विगतदेखि काम गर्दै आएका र जिम्मेवारी तहमा रहेका ३० जना जतिसँग बयान लिन सक्ने बताइएको छ। ती कर्मचारीसँग बयान लिइसकेपछि आयोगले अनियमितताविरुद्ध मुद्दा चलाउने–नचलाउने निर्णय गर्नेछ। सिक्टामा भइरहेको अनियमिततामा आयोगले गम्भीरतापूर्वक स्थलगत अध्ययन गरी सम्बद्ध कर्मचारीसँग बयानसमेत लिन थालेकाले यसपटक अनियमितता गर्नेमाथि कारबाही हुने धेरैको विश्वास छ।

पछिल्लोपटक परीक्षणका क्रममा बाँकेको ढकेरीस्थित चंगाई नालामा मूल नहर भत्किएपछि नागरिक दैनिकलगायतका सञ्चारमाध्यमले सिक्टामा भएको अनियमितताबारे निरन्तर समाचार प्रकाशित गरिरहेका छन्।

आर्थिक अनियमितताबारे मन्त्रालयको टोली मौन

सिक्टा अनियमितताबारे छानबिनमा जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको टोलीको ध्यान भने प्राविधिक पक्षतिर केन्द्रित भइरहेको छ। मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको नेतृत्वमा गठित टोलीको जोड सिक्टालाई अब कसरी सफल बनाउने भन्नेमा केन्द्रित छ। ‘आर्थिक अनियमितताबारे अख्तियारले छानबिन गरिरहेको छ,’ तिवारीले भने, ‘हाम्रो जोड ठेक्का व्यवस्थापन, आयोजनाको डिजाइन र अबको सुधारमा केन्द्रित छ।’

अन्तिम प्रतिवेदन तयारीमा जुटेको बताउने तिवारीले सिक्टालाई सफल बनाउन कुल बजेटको करिब ५–७ प्रतिशत लागत बढ्न सक्ने बताए। सिक्टाको करिब पाँच किलोमिटर मूल नहरको माटो घुलनशील देखिएकाले त्यो क्षेत्रमा थप लगानी गर्नुपर्ने उनको भनाइ छ। अबको दुई वर्षसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको कुल बजेट २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad