coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरीमा एउटै गाउँका युवा

काठमाडौं– धेरैजसो अपराधिक घट्ना र चोरी–डकैती कार्यमा भिन्न–भिन्न माडगाउँठाउँमा व्यक्तिहरू संलग्न हुन्छन्। उनीहरू आपसमा नचिनेजस्तै गरी अपराधिक क्रियाकलामा तल्लीन रहन्छन्। अलगिए जसरी हिडेर गलत कार्य गर्छन्। तर, सोमबार महानगरीय प्रहरी परिसर ललितपुरले सार्वजनिक गरेको चोरीको एउटा यस्तो गिरोह छ, जसमा एउटै गाउका युवाहरू संलग्न छन्। ती युवाहरु पेसेवर रुपमै चोरी डकैतीमा लाग्दै आएको प्रहरीले प्रमाणित गरेको छ।

लामो समयदेखि नगद तथा बहुमूल्य साम्रगी चोरी गर्दै आएका युवाहरुको खोजीका लागि प्रहरी उच्च निगरानी राखेको थियो। पक्राउ पर्नेहरु मकवानपुरको एउटै गाउँका युवा हुन्। जसमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ कोदोखोरियाका सोमलाल स्याङतान, राजु लामा, सोमलाल थिङ र कुमार लामा छन्।

उनीहरुले गोदावरी नगरपालिका–६ टिकाभैरव बजारमा रहेको लुम्बिनी बैंकको ढोका फोडेर मोबाइल र गार्डले बोक्ने दुईथान खुकुरी लिएर हिँडेका थिए। त्यसको केही दिनअघि रातीको समयमा लतिलपुरको छम्पीमा रहेको प्रल्हादा विष्टको घरको झ्याल फोडेर घरभित्रको सामान चोरी गरेका थिए। चोर पसेको घरधनीले थाहा पाएपछि ती युवाहरु भागेका थिए। घरबेटीको गुनासोका आधारमा उक्त समुहलाई प्रहरीले भैंसेपाटीस्थित वाईवाई मोडबाट चोरी गर्न प्रयोग गरिएको गाडीसहित सोमबार पक्राउ गरेको थियो।

गत साउन ३१ गते पनि सोही गिरोहले नै रातको समयमा महालक्ष्मी नगरपालिका–६ सिद्धीपुरमा रहेको ‘सत्य बचत तथा ऋण सहकारी संस्था’को ढोका फोडेर दुईओटा आईफोन सहित १ लाख २५ हजार बराबरको धनमाल चोरी गरेको थियो। ‘यो समूह पहिलादेखि नै चोरी र डकैती कार्यमा लागेको रहेछ,’ परिसरका एसएसपी रवीन्द्र धानुकले भने, ‘सबैतिरबाट चोरी भएको गुनासो आएपछि हामीले खोजी कार्य उच्च बनाएका थियौं।’ उनका अनुसार यो समूहले बैंक तथा वित्तिय संस्थाहरुलाई टार्गेट बनाएर चोरी गर्दै आइरहेको खुलेको छ।

भदौ ३१ गते पनि गोदावरी नगरपालिका–५ लेलेमा रहेको गंगाराज थापाले सञ्चालन गरेको स्टेशनरी फोडेर १० हजार नगद चोरी गरेको थियो। प्रहरीले उनिहरुको साथबाट चोरी गर्न प्रयोग हुने औजार, क्यामेरा, खुकुरी र विभिन्न व्यक्तिका नामका चेकबुक तथा मोवाइल सामग्री समेत बरामद गरेको छ। चार्डपर्व नजिकिँदै गर्दा प्रहरीले जिल्लाको ग्रामिण तथा सहरी इलाकामा अनुगमन र निगरानी बढाएको परिसले जनाएको छ। 

प्रकाशित: १ आश्विन २०७५ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App