coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हुलाक सेवालाई सूचनाको भण्डारण बनाइने: सञ्चारमन्त्री कार्की

धनकुटा- सूचना तथा सन्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले हुलाक कार्यालयलाई सूचनाको भण्डारको रुपमा विकास गरिने बताएका छन्। धनकुटाको नाम्जे स्थित रेडियो नेपाल क्षेत्रीय प्रसारण अन्तर्गत एफएम रिले केन्द्रको उद्घाटन गर्न आएका मन्त्री कार्कीले यस्तो बताएका हुन्।

सूचना र सञ्चारको क्षेत्रमा ईन्टरनेटको बढ्दो प्रयोगसंगै अहिले हुलाक सेवा प्रयोग बिहीन भएकाले सुधार गरिने मन्त्री कार्कीले बताए। ‘सञ्चार मन्त्रालय पर्याप्त सूचना छैन। हलाक सेवा काम बिहिन छ । त्यसैले ‘अब मन्त्रालय र हुलाकलाई उत्कृष्ट सूचना केन्द्र बनाउँछ' उनले भने।

सो अबसरमा उनले नेपाल टेलिकमले दिने सेवा प्रभावकारी बनाउने र रेडियो नेपाललाई नेपालकै सर्वोत्कृष्ट सञ्चार माध्यमको रुपमा बिकास गर्ने बताए।

त्यस्तै कार्यक्रम उद्‍घाटनको अबसरमा रेडियो नेपालका कार्यकारी निर्देशक शुरेशकुमार कार्कीले भदौ १ गतेबाट नेपालका २१ वटा एफएम र ६ वटा मिडियम वेभ स्टेसनबाट २४ घण्टे सेवा दिन शुरु गर्ने जानकारी दिए।

२०७१ साल भदौ २० बाट परीक्षणकाल शुरु गरेको ५ किलावाट क्षमता भएको यो रिले स्टेसनले पूर्वका १६ जिल्लामा प्रसारण सेवा दिने छ।

 

 

 

 

प्रकाशित: २ आश्विन २०७३ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App