coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्व. खेलाडीका परिवारलाई विमा रकम हस्तान्तरण

काठमाडौं - साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको विमा गरेको थियो। स्व. नारायण एसियाडका लागि छनोट भएका खेलाडी थिए। उनको एसियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलंकामा भएकाे दुर्घटनामा परी मृत्यु भएको थियो।

राखेपका सदस्य सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनल गौतमले स्व. नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई विमा वापतको ७ लाख रुपैयाँ हस्तान्तरण गरे। ३३ वर्षको उमेरमा मृत्यु भएका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कास्य पदक जितेका थिए। स्व. नारायण अविवाहित थिए। स्व. नारायणका आमा, बुवा र दुई दिदी छन्।

प्रकाशित: १ आश्विन २०७५ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App