coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपाका प्रवक्ता विश्वकर्मालार्इ सर्वाेच्चमा उपस्थित गराउन अादेश

काठमाडाैं - सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वका प्रवक्ता खड्गप्रसाद विश्वकर्मालाई बन्दी प्रत्यक्षीकरण मुद्दाका सन्दर्भमा अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले विश्वकर्मालाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पटक पटक सर्वोच्च अदालतले विश्वकर्मालाई रिहा गर्न आदेश दिएपनि सरकारले विश्वकर्मालाई पक्राउ गरि म्याद थप गर्दै आएको छ।

सर्वाेच्च अदालतले पटक पटक छाड्ने आदेश दिँदा समेत नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्माको रिहाइमा सरकारले देखाएको असहज व्यवहारप्रति प्रधानन्यायाधीश मिश्रले चिन्ता व्यक्त गर्दै अाएका छन्।

यसअघि गत शुक्रवार मात्रै न्यायाधीशद्वय अनीलकुमार सिन्हा र प्रकाश राउतको संयुक्त इजलासले विश्वकर्माको रिहाइका लागि पटकपटक दिएको आदेश छल्ने प्रयास भएको भन्दै सरकारलाई गम्भीर हुन चेतावनी दिएको थियो।

प्रकाशित: १ आश्विन २०७५ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App