६ वैशाख २०८१ बिहीबार
समाज

पहिरोले आठ घर विस्थापित

पाँचथर- निरन्तरको बर्षापछि गएको पहिरोका कारण लुङरुपा गाविसमा आठ  घरका वासिन्दा विस्थापित भएका छन्। लुङरुपा– २ को छेउटार भन्ने ठाँउमा खेला कटान भई आहेको पहिरोले जोखिम बनाएपछि यतिको संख्यामा विस्थापित भएका हुन्।

स्थानीय अगुवा डिल्लिराम दुलालका अनुसार फेमेखोलाको भुल्केपानी खोल्सीले पहिरो कटान गरेपछि आठ घर जोखिममा परेका हुन्। घरछेउ सम्म खोलाले कटान गरी पहिरो आएकाले स्थानीय विस्थापित भएको दुलालले बताए। पहिरो वगेसँगै धमाधम उद्वारको काम भईरहेको उनले बताए। जोखिम मोलेर उद्वार गरीरहेको दुलाले टेलिफोनमा नागरिकलाई बताए। 

यहाँका कमल तामाङ, नुर्व तामाङ, सुकमान तामाङ, पाख्रिन तामाङ, लाक्पा तामाङ, निसाम तामाङ, आमखोले तामाङ र रणध्वज तामाङको परिवार विस्तापित भएको हो । पशु तथा अन्नवाली निकालेर छिमेकीकोमा वस्ने वातावरण बनाइदै गरिएको बताइएको छ । खोल्सी कुलो बनाएर कटाएपछि कटान केहि रोकिएको दुलाले बताए।

प्रकाशित: २ आश्विन २०७३ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App