coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भूगोलको कारण पनि नेपाल चीनसँग नजिक हुन सक्दैन : भारतीय सेनाध्यक्ष

जनरल रावत

काठमाडौं- भारतका सेनाध्यक्ष विपिन रावतले नेपाल र भुटान भारतबाट टाढा हुन नसक्ने बताएका छन्। पहिलो विमस्टेक सैन्य अभ्यास ‘माइलेक्स–१८’ समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै रावतले भौगोलिक कारणले उनीहरु भारतसँग ढल्कनै पर्ने बताए।

उनले भूगोलको कारणले चीन तर्फ नजिकिन असहज भएको समेत टिप्पणी गरे।

नेपाल चीन सम्वन्ध बढ्दै गएको हो भन्ने एक प्रश्नमा उनले भूगोलको कारणाले पनि उनीहरु त्यता जान नसक्ने बताए। रावतले भारतको 'छिमेक पहिलो' र पूर्व हेर नीतिले पनि त्यसमा काम गर्ने धारणा राख्दै अरु तत्कालिन मात्रै हुने बताए। भारत ठूलो मुलुक भएको र अग्रसरता देखाउँदा अरुले अनुसरणा गर्ने उनको भनाई छ।

विमिस्टेक सैन्य अभ्यासमा भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेश सहभागि भए पनि नेपाल र थाइल्याण्ड अव्जर्भरको रुपमा मात्र सहभागि भएका थिए। भदौ २५ देखि ३१ सम्म भारतको पुनेमा संयुक्त सैन्य अभ्यास भएको थियो।

नेपाल सैन्य अभ्यासमा सहभागि नहुँदा भारत असन्तुष्ट भएको चर्चा चलिरहेकै समयमा जनरल रावतको यस्तो भनाई आएको हो।

भारतीय रक्षा राज्यमन्त्री सभाष भाम्रेले विमस्टेक सैन्य अभ्यास आतंकवाद नियन्त्रणमा कोसेढुंगा हुने बताए। सैन्य अभ्यासको तयारी भैरहेकै समयमा नेपालमा सैनिक नेतृत्व परिवर्तन भएको र नेपालले अव्जर्भर पठाएको अवस्थामा यसलाई अन्यथा रुपमा हेर्न नहुने उनले बताए।

 

प्रकाशित: १ आश्विन २०७५ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App