५ वैशाख २०८१ बुधबार
खेल

एपिएफको प्रशिक्षकमा तामाङ

काठमाडौं - सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्। ‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ। तामाङलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो। तामाङले यसअघि थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।

‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि शुरु हुँदैछ। तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्न्यास लिएका थिए। खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिएका थिए। रासस

प्रकाशित: १ आश्विन २०७५ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App