संसदमा पनि अरिङगाल!

सोमबार, ०१ असोज २०७५, १४ : ०९ नागरिक

काठमाडौ– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुलाई प्रतिवाद गर्न अरिङगालजस्तो क्षमता देखाउन पार्टी पङतिलाई निर्देशन दिएको विषयले संसदमा पनि प्रवेश पाएको छ। 

सोमबार प्रतिनिधि सभाकोे बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्री ओलीको उक्त अभिब्यक्ति प्रति आपत्ति जनाएका छन्। सांसद मिनाक्षी झाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संगठित अपराधलाई प्रेरित गर्ने खालको भन्दै सो अभिव्यक्ति खेद पूर्ण रहेको बताइन्। ‘देशभर हत्या हिँसाको घटना बढीरहेका छन्, प्रतिपक्षी र सत्तापक्षीय समेत आलोचना गरेका छन्,’ उनले भनिन्, ‘आलोचनबाट सरकार सुधारको बाटोमा जानुपर्नेमा आलोचना गर्ने विरुद्ध अरिंगालजस्तै बन्नुस भन्नु खेदपूर्ण छ।’

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ओलीको अभिब्यक्ति अपत्तिजनक रहेको भन्दै सो अभिव्यक्तिले जनता आतंकित भएको बताए। निर्मला पन्तको नक्कली होइन सक्कली अपराधी पत्ता लगाउ भन्नु गलत थियो?’उनले प्रस्न गरे, ‘३३ किलो सुन गायब किन भयो, खोइ ठूलामाछा भन्नु गलत थियो?’ केसीले विपक्षी विरुद्ध अरिंगालझै जाइलाग्नु भन्नेअभिब्यक्तिबारे जवाफ दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे। 

सुन्य समयमै सांसद मिना पाण्डेले प्रधामन्त्रीको उक्त अभिव्यक्ति कसका लागि लक्षित हो भन्ने स्पस्ट पार्न माग गरिन। ‘प्रतिपक्ष वा अन्य कुनै तप्काका लागि लक्षित हो उत्तर दिनुहोस,’ उनले भनिन्।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार पार्टी मूख्यालयमा धुम्बाराहीमा अयोजित स्व पोष्ट बहादुर बोगटीको चौथो स्मृति सभामा यस्तो अभिव्यक्ति दिएका थिए। ओलीले पार्टीविरुद्ध हुने चलखेल परास्त गर्न कार्यकर्ता पङतिमा अरिंगालको जस्तो प्रतिरोध गर्ने क्षमता खाई भन्दै अभिब्यक्ति दिएका थिए। प्रतिकृयाबादी शक्तिहरु के निहु पाँउ कनिका बुकाउ भन्ने प्रयास हरु गरिरहेको भन्दै पार्टीका २ अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेको बताएका थिए। 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad