coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोमा परी एक महिलाको मृत्यु

बागलुङ - बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठेको तुरतुरेमा झरेको पहिरोले एक महिलाको मृत्यु भएकाे छ। पहिरोसँगै अाएकाे ढुङ्गाले च्यापिएर बुर्तिबाङ बजारमा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीय बिबिरन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक भुपिन्द्र खड्काले बताए। सोमबार मध्यान्ह खसेकाे पहिराे पार गरेर भिमगिठेतर्फ आउने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर उनको ज्यान गएको खड्काले बताए।

शुक्रबार राती साढे ११ बजे झरेको पहिरोले थुनिएको बडिगाड खोलाको पानी शनिवार बिहानबाट ओभर फ्लो भएर बगे पनि दुई किलोमिटर ताल घटेको छैन। केन्द्रबाट विज्ञ टोली आएर हेरेपछि त्यसलाई कसरी व्यवथापन गर्ने भन्ने टुङ्गो लाग्ने प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए। चट्टान सहितको पहाड नै पहिरोका रुपमा झरेकाले मध्यपहाडी लोकमार्ग खुलाउन लामाे समय लाग्न सक्ने अनुमान गरिएकाे छ। 

 

प्रकाशित: १ आश्विन २०७५ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App