८ वैशाख २०८१ शनिबार
अर्थ

चिनी अायात यो वर्ष १ लाख टनमात्र

फाइल तस्बिर

काठमाडौ– विदेशबाट सस्तो मूल्यमा आयात हुने चिनीका कारण स्वदेशी चिनी विक्री हुन नसकेपछि सरकारले चिनी आयातमा यसवर्षका लागि कोटा निर्धारण गरेको छ। चिनी उत्पादक व्यवसायीले विदेशी चिनीका कारण स्वदेशी चिनी विक्री नहुँदा उखु उत्पादक किसानको बाँकी रकम भुक्तानी गर्न समस्या भएको गुनासो गर्दै आएका थिए। 

भदौ ३१ गते राती बसेकोे मन्त्रिपरिषद बैठकले २०७५ सालभरका लागि विदेशबाट १ लाख टनमात्र चिनी अयात गर्न पाउने गरी कोटा निर्धारण गरेको हो। सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा स्वदेशी उत्पादनले नै माग पूरा हुने अवस्था देखिएकाले चिनी आयातमा कोटा लागाइएको जानकारी दिए।

पाकिस्तान भारतलगायतका देशबाट सस्तो मूल्यमै चिनी आयात हुन थालेपछि नेपाली चिनी उद्योगमै थन्कने अवस्था आएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ७६ हजार ७६५ मेट्रिक टन चिनी आयात भएको थियो।

चिनीको माग नेपालमा वार्षिक करिब २ लाख ५२ हजार मेट्रिक टन छ। विभागका अनुसार माग भन्दा बढी करिब २२ हजार मेट्रिक टन चिनी मौज्दात छ। नेपाली चिनी उत्पादन गर्ने १२ उद्योगले यो वर्ष उत्पादन गरेको  १ लाख ७६ हजार मेट्रिक टन चिनी मध्ये करिब ७० प्रतिशत गोदाममै थन्किएको छ। 

गत भदौ २२ गते उखु उत्पादक किसान र चिनी उत्पादक संघका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विदेशबाट चिनी आयात रोक्न आग्रह गरेका थिए। उक्त भेटका क्रममा ओलीले समस्या समाधानको उपाय निकाल्ने आश्वासन दिएका थिए। ओलीले भारतबाट आयात हुने उखुको आयता पनि रोक्ने बताएका थिए।

यस अघि सरकारले चिनी आयातमा रहेको १५ प्रतिशत भन्सार महशुल बढाएर ३० प्रतिशत पुर्याएको  थियो। 
आइतबारको मन्त्रीपरिषद् बैठकले उखु उत्पादक किषानलाई प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउने निर्णय पनि गरेको छ। 

 

प्रकाशित: १ आश्विन २०७५ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App