७ वैशाख २०८१ शुक्रबार
अन्य

भारत भ्रमण ‘सद्भाव’मा मात्रै खुम्चियोः श्रेष्ठ

काठमाडौं–माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण औपचारिकतामा सीमित रहेको बताएका छन्। राजकीय भनिए पनि दाहालको भ्रमण ‘सद्भाव’ को तहमा मात्रै खुम्चेको उनले टिप्पणी गरे।

उनले भने ‘यो भ्रमणमा भारतले कम्तिमा संविधानको स्वागत गरेको हेर्ने चाहाना जनताको थियो,’ उनले भने ‘यसपटकको भ्रमणमा त्यो आशा पूरा भएन।’
सरकार परिवर्तन हुनेबित्तिकै प्रधानमन्त्रीले भारतको भ्रमण गर्नैपर्ने अवस्थाको गम्भीर समीक्षा आवश्यक रहेको श्रेष्ठले बताए।

नागरिकन्युजको नागरिक शोमा कुरा गर्दै श्रेष्ठले भने ‘अघिल्ला प्रधानमन्त्रीले भारत भ्रमण गरेको केही समय नबित्दै किन अर्काले गर्ने? प्रधानमन्त्री कुनै पार्टीको हुँदैन, देशको हो। सरकारको प्रमुखले एउटा सन्दर्भममा भारतको भ्रमण गरिसकेको छ भने अर्को आउनेबित्तिकै किन सोही सन्दर्भमा भ्रमण गर्ने?’

उनको भनाइ छ–‘नेपालमा सरकार फेरिनेबित्तिकै पहिलो भ्रमण भारत नै गर्ने जुन राजनीतिक संस्कार बसेको छ, त्यो ठीक होइन।’
प्रस्तुत छ श्रेष्ठसँगको नागरिक शो

 

प्रकाशित: २ आश्विन २०७३ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App