७ वैशाख २०८१ शुक्रबार
समाज

सुडानमा घाइते नेपाली सैनिक खतरामुक्त

काठमाडौं– शान्ति स्थापनार्थ दक्षिण सुडान रहेको अवस्थामा  गोली लागि घाइते भएका नेपाली सेनाका जवान खतरामुक्त रहेका छन्। सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै उनको दक्षिण सुडानको राजधानी जुवामा उपचार भइरहेको र स्वास्थ्यमा कुनै खतरा नभएको जनाएको छ।
घाइते सैनिक श्री सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत रहेको जनाइए पनि नाम भने खुलाइएको छैन । आइतबार स्थानीय समय अनुसार सुडानको जनमुक्ति सेनाले करिब ८ः ३० बजे चलाएको गोली सैनिकको गोडाको र्कुकुच्चामा लागेको थियो।
दक्षिणी सुडानको एयी भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको टोली फर्कने क्रममा टोली माथी प्रहार भएको थियो। 

 

प्रकाशित: १ आश्विन २०७५ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App