coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘कुटुमा कुटु’को ह्याट्रिक

‘एलजी सिने सर्कल अवार्ड २०७५’मा उपराष्ट्रपति नन्दबहादुर पुन र बलिउड अभिनेता गोविन्दाबाट ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ग्रहण गर्दै निर्देशक किशोर रानाकी श्रीमति संगीता राना प्रधान। तस्बिर सौजन्यः विनोद पोखरेल

काठमाडौं – फिल्म ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले राजधानीमा आइतबार सम्पन्न ‘एलजी सिने सर्कल अवार्ड २०७५’मा ह्याट्रिक गरेको छ। गीतका लागि गायिका मेलिना राई ‘तारादेवी द बेस्ट प्ले ब्याक सिंगर(फिमेल)’, कविराज गहतराज ‘दी बेस्ट कोरियोग्राफर अफ द इयर’ र राजनराज शिवाकोटी ‘द मस्ट पपुलर सङ अफ द इयर’को अवार्ड दाबेदार बने।

अवार्डमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड पाएको फिल्म ‘तिमीसँग’का लागि नाजिर हुसेनले ‘बेस्ट एक्टर अफ द इयर’ र शिशिर राणा, सुशिल क्षेत्री, सुमन उप्रेती र सागर ओझाले ‘द बेस्ट स्क्रिन प्ले अफ द इयर’ को अवार्ड जिते।

फिल्म ‘पञ्चायत’का लागि नायिका नीता ढुंगाना ‘द बेस्ट एक्टर(फिमेल) अफ दी इयर’ जित्दा फिल्म ‘द मस्ट कमनेबल मुभी अफ द इयर’ बन्यो । फिल्म ‘भुँइमान्छे’का लागि निर्देशक नवराज बुढाथोकीले ‘द बेस्ट डिरेक्टर अफ द इयर’, विदुर पाण्डे ‘द बेस्ट डिओपी अफ द इयर’, फिल्म ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज मनका कुरा’का लागि अर्जुन पोखरेल ‘द बेस्ट म्युजिक डिरेक्टर अफ द इयर’ र सुगम पोखरेल ‘तारादेवी द बेष्ट प्लेब्याक सिंगर(मेल) अफ द इयर’ भए।

त्यस्तै, फिल्म ‘कृ’बाट चन्द्र पन्त ‘द बेस्ट एक्सन डिरेक्टर अफ दी इयर’ र सुरेन्द्र पौडेल ‘द बेस्ट ट्रेलर अफ द इयर’, फिल्म ‘शत्रु गते’बाट सान थापा र विजय बस्याल ‘द बेस्ट पोस्टर अफ द इयर’ र मित्र डी गुरुङ ‘द बेस्ट इडिटर अफ द इयर’, फिल्म ‘ऐश्वर्य’बाट दीपिका प्रसाईं र रमेश उप्रेती ‘द बेस्ट अनस्क्रिन कपल अफ द इयर’, फिल्म ‘लिलिबिली’का लागि एलिस कार्की ‘दी बेस्ट ब्याकग्राउण्ड स्कोर अफ द इयर’ र प्रदीप खड्का ‘द मस्ट पपुलर एक्टर (मेल) अफ द इयर’ बने।

फिल्म ‘छक्का पन्जा २’का लागि प्रियंका कार्की ‘द मस्ट पपुलर एक्टर (फिमेल), फिल्म ‘माइ लभ’का लागि माओत्सुगु मिकामी ‘द बेस्ट भिएफएक्स अफ द इयर’ र फिल्म ‘पिँजडा ब्याक अगेन’का लागि सिम्पसन तामाङ ‘बेस्ट स्टन्ट अफ द इयर’ बने। कार्यक्रममा ‘फिल्म क्रिटिक्स अवार्ड’ नायक पुष्प खड्काले फिल्म ‘मंगलम्’का लागि पाए।

उपराष्ट्रपति नन्दबहादुर पुन र बलिउड अभिनेता गोविन्दाको उपस्थितिमा सम्पन्न कार्यक्रममा निर्देशक किशोर रानालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनलाई ५१ हजार नगदसहित ‘लिजेन्ड्री सम्मान’ प्रदान गरिएको थियो।

प्रकाशित: १ आश्विन २०७५ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App