८ वैशाख २०८१ शनिबार
समाज

असोज ५ देखि बसको टिकट बुकिङ

काठमाडौं – बस व्यवसायीले असोज ५ गतेदेखि दसैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन्। यातायात व्यवस्था विभाग र यातयात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट बिक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो।

यातायात व्यवसायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए। तर छलफलका क्रममा विभागले माग सम्बोधन गरिदिने भनेपछि अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका हुन्। विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले व्यवसायीसँगको छलफलमा अग्रिम टिक बुकिङ गर्ने निर्णय भएको जानकारी दिए।

व्यवसायी र विभागबीच बुकिङलाई सहज बनाउन थप छलफल हुने छ। टिकट बुकिङ काउन्टरलगायत विवरण सर्वसाधारणले सोमबारको छलफलपछि थाहा पाउने उपाध्यायले बताए। उनले भने, ‘आइतबार त्यति धेरै विषयमा कुरा भएन, मात्रै टिक बुकिङ खुला गरौं भन्ने निर्णय भयो, कसरी अघि बढ्ने र सहज बनाउने भन्ने विषयमा सोमबार छलफल हुन्छ।’

प्रकाशित: १ आश्विन २०७५ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App