८ वैशाख २०८१ शनिबार
राजनीति

कानुनको बाटो छाड्दिनँ : प्रधानन्यायाधीश

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले कानुनको बाटो आफूले कुनै पनि हालतमा नछाड्ने दृढता व्यक्त गर्दै त्यसो गर्दा बीचमै छाड्नुपर्ने अवस्था आए आफू तयार रहेको बताएका छन्। ‘म कुनै हालतमा कानुनको बाटो छाड्ने छैन र त्यसका लागि अप्ठ्यारो परे पनि तयार छु,’ मिश्रले संवैधानिक कानुन व्यवसायी मञ्च आबद्ध कानुन व्यवसायीहरूसँग आइतबार भने, ‘न्यायपालिकाको गरिमा र स्वतन्त्रता मेरो पहिलो प्राथमिकता हो।’

प्रधानन्यायाधीश पदमा नियुक्त भएका मिश्रलाई बधाई दिन मञ्चका अध्यक्ष ललित बस्नेत तथा पूर्वअध्यक्षहरू कुमार रेग्मी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, रविनारायण खनाललगायत कानुन व्यवसायीहरू पुगेका थिए। उनले भने, ‘राष्ट्रिय महत्वका सवालमा तपाईंहरूले केही देख्नुभएको छ भने मलाई भन्नुहोस्, म के सुधार गर्न आवश्यक छ, त्यसमा प्रयास गर्छु।’ उनले आफूले जानेर पनि कुनै गल्ती नगर्ने विश्वास दिलाए।

सर्वाेच्च अदालतले पटकपटक छाड्ने आदेश दिँदासमेत नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको रिहाइमा सरकारले देखाएको असहज व्यवहारप्रति प्रधानन्यायाधीश मिश्रले चिन्ता व्यक्त गरे। ‘अदालतको स्वतन्त्रताका विषयमा सबैले विचार पु-याउनुपर्ने अवस्था आएको छ, तपाईंहरूले यस्ता विषय उठाउनुप-यो,’ मिश्रले भने।

मञ्चका पूर्वअध्यक्ष टीकाराम भट्टराईले सरकारले अहिले अदालतलाई प्रहरीकै ब्यारेकको दा“जोमा पु-याएकाले कडा कदम चाल्न सुझाव दिँदा मिश्रको जबाफ थियोे, ‘यस विषयमा गम्भीर ध्यान गएको छ। इजलास आफैंले पटकपटक चेतावनीसमेत दिइसकेको छ । तर किन यस्तो भइरहेको छ बुझ्न सकिएन। कानुनबमोजिम थुन्न नमिल्ने भएकाले अदालतले छाड्दासमेत सरकारले पटकपटक अन्य विषयमा मुद्दा चलाइरहेकाले असहज अवस्था आएको छ।’

संवैधानिक इजलासले गर्ने व्याख्याकै आधारमा मुलुकको संघीयताको विषय निर्भर रहेको बताउ“दै संवैधानिक इजलासमा विचाराधीन रहेको मुद्दा चा“डो किनारा लगाउने, अदालतमा रहेको पेसी प्रमाणीलाई अटोमेटेड पद्धतिमा ढाल्ने तथा न्यायपरिषद्लाई प्रभावकारी बनाउने काममा आफ्नो ध्यान गएको पनि मिश्रले बताए।

प्रकाशित: १ आश्विन २०७५ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App