coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग (फोटो फिचर)

सिन्धुपाल्चोक - चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षमा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ। बिनासकारी भूकम्पसँगै नाका बन्द हुँदा मर्मत सम्भार अभावमा राजमार्गको ३६ किलोमिटर खण्ड जर्जर बनेको हो।

२०७२ वैशाख १२ को भूकम्पपछि चीनसँग व्यापारिक कारोवार हुने यो प्रमुख नाका बन्द छ। त्यसयता नाका जोड्ने राजमार्गको मर्मत, सम्भार हुन सकेको छैन। नाकासँगै उपेक्षमा परेको राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ।बाह्रसविसे–तातोपानी खण्डको दर्जनौँ स्थानमा भाेटेकोसी नदीको कटान र पहिरोको बिनासलीला मात्र देखिन्छ। बाढी, पहिरोबाट जोगिएको स्थानमा समेत ठुल्ठूला खाल्डाखुल्डी छन्। यो बर्खामा बाह्रविसे–तातोपानी खण्ड बाढी, पहिरोका कारण अधिकांश समय अवरुद्ध हुँदै आएको छ।

गत भदौ २ गते साधीखोलामा आएको बाढीले बाह्रविसे–तातोपानी जोड्ने खुर्सानीबारी नजिकको पुल बगायो। त्यहाँ अझै अर्को पुल हाल्ने प्रयास थालिएको छैन। त्यहाँबाट अघि बढ्दा चीन जोड्ने मितेरी पुलसम्मै दर्जनौँ स्थानमा गएको पहिरो र नदी कटानले सडक छियाछिया छ। राजमार्गको बसेरी, बोर्डरल्याण्ड, नयाँ पुल, चाकु, हिन्दी, डाकलाङ्, झीर्पु, लार्चा, १० किलो, तातोपानी बजार लगायत स्थानमा साना–ठूला अनगिन्ती पहिरो गएका छन्। ठाउँ–ठाउँमा सडक ट्रयाक नै टुटेको छ। तातोपानी–लिपिङ सडक सम्पर्क टुटेको दुई वर्ष बितिसकेको छ। २०७३ को भोटेकोसी बाढीले चार किमी यो खण्डको अधिकांश सडक कटान गरेको थियो। कटानसँगै माथिबाट जमिन बग्दा सडक नै हराएको छ। त्यहाँ सडक ट्रयाक खोल्ने ठाउँसम्म छैन। स्थानीय ठाउँ–ठाउँमा काठका मुढा र फ्ल्याक बिछ्याएर हिँड्न बाध्य छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App