coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री विना मगरमाथि संसदमा गगनले उठाए प्रश्न, सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले खानेपानी तथा सरसफाई मन्त्रालयले अझैसम्म विधेयक नल्याएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। 

खानेपानी मन्त्रालयको कमाण्ड नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी कान्छी बुहारी विना मगरले सम्हालिरहेकी छिन्। विनाले सम्हालेको मन्त्रालयले काम नगरेको भन्दै गगनले सरकारको ध्यानाकर्षण गराएका हुन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हकलाई कार्यान्वयनका निम्ति आवश्यक विधेयक संसदमा आएको छैन्। खानेपानी तथा सरसफाई मन्त्रालयले विधेयक अगाडि सार्नुपर्ने हो। मैले थाहा पाएसम्म मन्त्रालयले यसमा कुनै पनि काम गरेको छैन्। यो एउटा छुट्नेवाला छ। यसमा म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ 

पछिल्लो समय मन्त्री मगरले उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना गरेको छ। मन्त्रिपरिषदमा पनि उनले सन्तोषजनक काम नगरेको भन्दै चर्चा हुने गरेको छ। 

यस्तो छ गगन थापाको ध्यानाकर्षण 

मौलिक हकलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक विधेयकहरु ३ वर्षभित्र सदनबाट पारित गरिसक्नुपर्ने सन्दर्भमा हामीले करिब करिब समयभित्र सबै सम्पन्न गर्ने ठाउँमा पुगेका छौं। यसका निम्ति कानुन मन्त्रालय, संसद सचिवालयका साथीहरुको मेहनत प्रशंसनीय छ। र म नेपाल सरकारको फेरि ध्यानाकर्षण गराउन चाहन्छु कि नेपालको संविधान धारा ३५ (४) को प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ, यो हकलाई कार्यान्वयनका निम्ति आवश्यक विधेयक संसदमा आएको छैन। स्वास्थ्यको हक अन्तर्गत रहेतापनि अहिले कार्यविभाजनका हिसाबले खानेपानी तथा सरसफाई मन्त्रालयले विधेयक अगाडि सार्नुपर्ने हो। मैले थाहा पाएसम्म मन्त्रालयले यसमा कुनै पनि काम गरेको छैन्। यो एउटा छुट्नेवाला छ। यसमा म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। 

प्रकाशित: ३१ भाद्र २०७५ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App