नाम मात्रको ईलाका प्रशासन कार्यालय

आइतबार, ३१ भदौ २०७५, १४ : ५८ बिष्णुप्रसाद देबकोटा

96


डोल्पा – डोल्पाको मुड्केचुला गाउँपालिका ६ का दन्तबहादुर शाहीलाई घर आगनमै स्थापना भएको  ईलाका प्रशासन कार्यालयबाट राहदानीको सिफारिस होला भन्ने लागेको थियो। दुई दिनको पैदल यात्रा हिँडेर कठिनपूर्ण यात्रा गरेर सदरमुकाम दुनै जानुपर्ने बाध्यताबाट छुटकरा पाइने भयो भनेर खुसी थिए उनी।

आइतबार जब उनी छोरा सहित राहदानी बनाउन दुई घन्टाको दुरीमा रहेको ईलाका प्रशासन कार्यालय ईलमा पुगे तब राहदानीको सिफारिस त परै जाओस् नागरिकतासम्म पनि नबन्ने भएपछि दन्त बहादुर शाही छाँगाबाट खसे झै भए।

सिँहदरबारको अधिकार घर आँगनमा भन्ने सरकारी नारा नारामै सिमित भएको पाएपछि दन्तबहादुर शाहीले भने,“सिँहदरवार होइन रहेछ कामका नभई नाम मात्रका सिँह आएका रहेछन।”

भौगोलिक हिसाबले विकट र छरिएको मानवबस्ती भएकाले तल्लो डोल्पाका साविकका रिमी, काइगाउँ, सर्मी, नर्कु र कालिका गाविसका जनतालाई राहदानी सिफारिस, नागरिकता उपलब्धको सेवा प्रदान गर्ने उद्देश्यले सरकारले तल्लो डोल्पाको ईल गाउँमा ईलाका प्रशासन कार्यालय स्थापना गरेको थियो।

स्थापना भएको लामो समय भइसक्दापनि सहायक प्रमुख जिल्ला अधिकारी नपाउँदा ईलाका प्रशासन कार्यालय ईल डोल्पाले नागरिकलाई दिनुपर्ने अत्यावसकिय सेवा दिन सकेको छैन् । इलाका प्रशासन कार्यालय उद्घाटन भएको २७ महिना बितिसक्दापनि नेपाल सरकारले प्रशासन प्रमुख पठाउन नसक्दा तल्लो डोल्पाका जनता सेवा लिनबाट बन्चित भएका छन्।

०७३ असार १ गते डोल्पाका तत्कालिन प्रमुख जिल्ला अधिकारी चेतराज बरालले इलाका प्रशासन कार्यालय ईलको उद्घाटन गरेका थिए। इलाका प्रशासन कार्यालयको उद्घाटनसँगै नायव सुब्बा जर्नादन रिजाललाई निमित्त प्रमुखमा खटाइएको थियो।

उद्घाटन भएको २७ महिना बितिसक्दापनि हालसम्म नेपाल सरकारले प्रशासन प्रमुख खटाउन नसक्दा अहिले पनि नायब सुब्बा गोरख बहादुर शाहीले निमित्त प्रमुखको काम गर्दै आएका छन्। इलाका प्रशासन कार्यालयले दिनुपर्ने सेवासुबिधा प्रवाह गर्न अधिकृत खटाइदिनको लागि जिल्ला प्रशासन कार्यालय डोल्पामा बारम्बार आग्रह गरिएको र कुनै सुनुवाई नभएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए।

इलाका प्रशासन कार्यालय ईल क्षेत्रका नागरिकलाई नागरिकता लगायतका सेवा लिन दुनै मै धाउनुपर्ने बाध्यता नहटेकाले माथिल्लो निकायमा बारम्बार अधिकृत खटाइदिन लिखित तथा मौखिक अनुरोध गरिएपनि सुनुवाई नभएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।  

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...