८ वैशाख २०८१ शनिबार
राजनीति

थप १६ जनालाई सहिद घोषणा गर्न मोर्चाको माग

गृहमन्त्रीलाइ ज्ञापनपत्र बुझाउँदै माेर्चाका नेता मनिष सुमन। तस्बिर सैजन्य: मनिष सुमन

काठमाडौं–संयुक्ता लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ ।  मोर्चाले आइतबार गृहमन्त्री बिमलेन्द्र निधिलाई भेटी आन्दोलनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न माग गरेको हो।

गृहमन्त्री निधिले मधेस आन्दोलनमा घाइते भएका, झुठा मुद्दा लागेका र भौतिक सम्पत्तिको क्षतिको विवरण दिन आग्रह गरेपछि मोर्चाले सोको विवरण बुझाएको मोर्चाका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए। यसअघि सरकारले मधेस अान्दाेलनका क्रममा मृत्यु भएका ५२ जनालाइ सहिद घाेषणा गरिसकेकाे छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणबाट फर्केलगत्तै बस्ने मन्त्रिपरिषद बैठकले मोर्चाको मागका विषयमा निर्णय भन्दै गृहमन्त्री निधिले मोर्चासँग विवरण माग गरेको उनले जनाए। प्रधानमन्त्री दाहाल आज भारत भ्रमण पूरा गरी स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री दाहाल सोमबार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएकाले सरकारले मोर्चाका माग विषयमा आजै निर्णय गर्ने गृहमन्त्रीले बताएको झाले जनाए।

मोर्चाले सहिद घोषणा हुन बाँकीको नामावली, जीवनभर भरण,पोषणकालागि गम्भीर घाइतेको नामावली,विभिन्न अस्पतालाई तिर्न बाँकी उपचार खर्च तथा आन्दोलनका क्रममा भएको क्षतिको विवरण तथा झुठा मुद्दाको विवरण गृहमन्त्रीलाई बुझाएको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जनाए।

 

प्रकाशित: २ आश्विन २०७३ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App