८ वैशाख २०८१ शनिबार
राजनीति

प्रकाण्डलाई काठमाडौंबाट उदयपुर ल्याइयो

फाइल फाेटाे

गाईघाट – नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ।

काठमाडौंबाट खड्गबहादुरलाई काठमाडौंका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए।

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ। रासस

प्रकाशित: ३१ भाद्र २०७५ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App