coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति तेस्रोपटक चीन जाँदै

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आगामी असोज ३ मा चीन प्रस्थान गर्ने भएका छन्। उपराष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि यो उनको पहिलो भ्रमण हो। पहिलो कार्यकालमा उनले दुईपटक चीन भ्रमण गरिसकेका छन्।

सिंचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तरराष्ट्रिय मेला’मा सहभागी हुन उनी चीन जान लागेका हुन। उनले असोज ४ गते अन्तरराष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्ने भएका छन्। ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म चल्ने छ।

अन्तरराष्ट्रिय मेलाका अवसरमा उपराष्ट्रपतिले उनले असोज ५ गते छेन्दुमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्ने भएका छन्। चीन भ्रमणको क्रममा उनले चीन सरकारका उच्च पदाधिकारी, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिंचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने छन् । उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना हुनेछन्। भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवा लगायत छन्।

प्रकाशित: ३१ भाद्र २०७५ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App