१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवाको टिमुरेमा पहिरो जाँदा २ को मृत्यु, ९ जना घाइते

रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन्।

मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कप्रोला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका रहेका छन्। शनिबार राति ९ बजे टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनाको कामदार बस्ने स्थान नजिकै पहिरो जाँदा अन्य ९ जना घाइते भएका छन्।

घाइते हुनेमा चिनियाँ नागरिक एमआर इथ्यो, रुकुम भूमे गाउँपालिका–२ का ३० वर्षीय टेकमान बुढा, सोही ठाउँका जगदिश रोका र कृष्णपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश भट्ट रहेका छन्। उनीहरू गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

त्यसैगरी घाइते हुनेमा रोल्पाको थवाङ गाउँपालिका–२ का २९ वर्षीय देउ बहादुर बुढा, सुर्खेतको घुमखोर गाउँपालिका–१० का २५ वर्षीय लोक बहादुर घर्ती मगर, रोल्पाको नेवाङ गाउँपालिका–२ का २९ वर्षीय जमिन्द्र रोका, सल्यानको बाघचौर नगरपालिका–९ का ३० वर्षीय कमल शाही र रुकुमको खावाङ गाउँपालिका–२ का २१ वर्षीय मनोज पुन रहेका छन्।

चार जनालाई उपचारको लागि काठमाडौँ लगिएको र ५ जनाको चिनियाँ क्याम्प टिमुरेमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App