coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टीमाथि हमला भए अरिङ्गाल जस्तै खनिनुहाेस् : ओली

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीमाथि हमला हुँदा सबै अरिङ्गालको गोलो जस्तै खनिनुपर्ने बताएका छन्। ‘प्रतिक्रियावादीहरूले प्रचण्डलाई हमला गर्दा मलाई गरेको छैन भनेर चुप लाग्ने वा ममाथि हमला गर्दा ओलीमाथि भएको हो भनेर अर्काे पक्ष चुप लाग्ने हो भने झन् समस्या हुन्छ,’ ओलीले भने। ओलीले धमिरा प्रवृत्ति पार्टीका लागि निकै खतरनाक हुने पनि बताए। ओलीले जालझेल र कपटको बाटोबाट क्रान्ति कहिल्यै पनि सफल नहुने भएकाले यो कुरालाई सबैले बुझ्नुपर्ने बताए।

ओलीले दुई पार्टीबीचको एकतालाई श्रीखण्डको संज्ञा दिएका छन्। कम्युनिस्ट नेता पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। अहिले श्रीखण्ड फेला पारेका छौं, जाने यो एकता श्रीखण्ड हो, जानेनौं भने खुर्पाको बिँड पनि हुनसक्छ,’ प्रधानमन्त्री ओलीले भने। ओलीले पार्टी एकतालाई सही ढंगले सदुपयोग गर्नुपर्ने बताए। ओलीले एकता प्रक्रियालाई कमजोर बनाउने ढंगले कोही पनि लाग्न नहुने बताए। हाल प्रतिक्रियावादीहरुले एकतालाई कमजोर बनाउन निरन्तर हमला गरिरहेको बताउँदै ओलीले त्यसको जवाफ दिनुपर्ने बताए। ‘प्रतिक्रियावादीहरू के निहुँ पाउँ र कनिका बुकाउँ भनेर बसिरहेका छन्, दुई अध्यक्षकाबीचमा अन्तरविरोध ल्याउन र भाँजो हाल्न पाए द्वन्द्व बढाउन सकिन्छ भन्ने सोचिरहेका छन्,’ ओलीले भने। उनले अन्तरद्वन्द्वलाई आदर्शमार्फत जोडने बताए।

‘प्रतिक्रियावादीहरू के निहु पाउँ कनिका बुकाउँ भनेर बसिरहेका छन्, दुई अध्यक्षकाबीचमा अन्तरविरोध ल्याउन र भाँजो हाल्न पाए द्वन्द्व बढाउन सकिन्छ भन्ने सोचिरहेका छन्।

प्रधानमन्त्री ओलीले आन्दोलनका हिसाबले कम्युनिस्टहरू एकै ठाउँमा आएपनि कतिपयले फरक एकीकरण भएको छैन भन्ने देखाउनका लागि नेकपा नाम निर्वाचन आयोगमा दर्ता गराएको बताए।

प्रधानमन्त्री ओलीले स्वर्गीय बोगटी कम्युनिस्ट आन्दोलनमा असाधारण योगदान दिने व्यक्तिका रूपमा स्मरण गर्दै बोगटीको समतामुलक, लोकतान्त्रिक समाज र सुखी नेपालीको चाहना सम्पूर्ण नेपालीको पनि चाहना भएकाले वर्तमान सरकार त्यसतर्फ अघि बढिरहेको बताए। ‘वामपन्थी देशभक्त शक्तिको एकीकरणबाट मात्र समता मुुलक, लोकतान्त्रिक र सुखी नेपालीको चाहना पूरा हुन सक्छ,’ ओलीले भने। ओलीले भावनाबाट क्रान्ति नहुने र भावनाले मात्र समाज परिवर्तन गर्न नसकिने भन्दै समाज परिवर्तनका लागि सही नीति र लक्ष्य लिनुपर्ने बताए। उनले साना काममा अल्झिँदा सहितका सपना पूरा गर्न नसकिने बताए। ‘अगाडि बढ्न नखोजनु भनेको सहिदका सपना भत्काउनु हो, त्यसैले पछि हट्ने होइन, अघि बढ्नुपर्छ’ ओलीले भने।

ओलीले बोगटी जीवित भएको भए अहिलेको परिवर्तन र पार्टी एकताबाट निकै हर्षित हुने बताए। बोगटीको निधनले पार्टी र मुलुककै लागि ठूलो क्षति पुगेको भन्दै उनको कामको आदरभावका साथ सम्मान गरिने बताए।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दुई पार्टीबीच भएको एकतालाई दाहालले असाधारण परिघटना भएको बताए। ‘एउटा असाधारण परिघटनाका रूपमा हामीले कम्युनिस्ट आन्दोनलाई एकतावद्ध गर्ने पहल ग-यौँ, तर यो काम पक्कै पनि सहज विषय होइन,’ दाहालले भने। पार्टी एकता सरलबाट जटिलतातर्फ जाने नियमअनुसार भएकाले यसमा धेरै छलफल गर्नुपर्ने दाहालको भनाइ थियो। उनले पार्टी एकताको प्रक्रियामा धेरै ठूला अप्ठ्यारा भोग्नुपर्ने अवस्था सिर्जना हुने पनि दाहालले बताए।

कार्यक्रममा बोल्दै दाहालले स्वर्गीय बोगटीको अभाव अहिले आफूलाई खड्किरहेको बताए। ‘आन्दोलनले धेरै नेताको विकास गर्छ, तर इतिहासले केहीलाई मात्र विशिष्ट बनाउँछ, पोष्टबहादुर त्यस्तै विशिष्ट नेता हुनुुहुन्थ्यो,’ दाहालले भने। सरल, सहज र पारदर्शी स्वभागका बोगटीको बारेमा लामो चर्चा गरेका दाहालले सबैले चाहेर पनि बोगटी जस्तो बन्न नसक्ने दाबी गरे। तत्कालीन पार्टीमा हुने विवाद र बहसहरुलाई सहज ढंगले सल्ट्याउने क्षमता भएका बोगटीमा आफूभन्दा वरिष्ठ नेताहरूलाई पनि सहजै सहमतिमा ल्याउन सक्ने क्षमता रहेको दाहालले बताए।

‘बोगटी जीवित भएको भए अहिलेको पार्टी एकताबाट सबैभन्दा बढि खुसी उहाँ नै हुनुहुन्थ्यो, तर समयले त्यो अवसर दिएन,’ दाहालले भने । तत्कालीन माओवादीमा बोटलीले निकै जटिल विषयलाई पनि सरल ढंगले समाधान खोज्ने गरेको भन्दै दाहालले बोगटीलाई विलक्षण क्षमता भएका सहकर्मीका रूपमा स्मरण गरे। कार्यक्रममा बोगटीका लेख रचना र अन्तरवार्ता समेटिएको बोगटीका विचार नाम पुस्तकको विमोचनसमेत गरिएको थियो।

प्रकाशित: ३१ भाद्र २०७५ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App