coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिआइबीका डिएसपीसहित इन्सपेक्टर र असई पनि निलम्बित

काठमाडौं– निर्मला पन्त हत्या प्रकरणको छानविन लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसीसहित थप पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको छ। 

निलम्बनमा पर्नेमा जिसीसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन्।

घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा सिफारिस गरेअनुसार थप अनुसन्धानका लागि प्रहरी अधिकारीलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन्। यसअघि गृह मन्त्रालयले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलार्इ निलम्बन गरेकाे थियाे।

उनका अनुसार मन्त्रालयले प्रतिवेदनले औल्याएका अन्य केही संदिग्ध व्यक्तिहरुलाई पनि छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको छ। 

कञ्चनपुरको भीनपा २ की १३ वर्षीया बालिका निर्मलाको साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो।   

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App