७ वैशाख २०८१ शुक्रबार
समाज

तीनपटक डुंगा डुब्दा बाँचेका दिला कविरथ

तीनपटकसम्म डुंगा डुब्दा बाँचेका दिल कविरथ ।

श्रीलंका टापुबाट प्रकाशपुर आउँजाउँ गर्दा म चढेको डुंगा तीनपटक डुबी सक्यो। हिजो (शनिबार) तेस्रोपटक भने म बाँच्छु भन्ने आशा मारिसकेको थिएँ । म २०४० साल अनि २०६३ सालमा पनि डुंगा डुब्दा बाँचेको हुँ। यसपटक डुंगा नदीको तिब्र बेगले गर्दा शुरुमा यत्ताउत्ती हल्लियो । पुरै पानी डुंगामा पस्यो अनि चुर्लुम्म डुबिहाल्यो।

तेस्रोपटक भने माझीको ढिपीले गर्दा डुंगा डुबेको हो। माझीले थेग्नेसम्म मात्र यात्रु ओर्सानुपथ्र्यो । डुंगामा ५० भन्दा बढी नै यात्रु थिए । जसले गर्दा अहिले पनि १३ जना भन्दा बढी नै हराएका छन् । डुंगा ठेकेदार तुफान चन्द्रवंशी पनि डुंगासँगै भासिए । डुंगामा यात्रु त बढी छँदै थिए ।

श्रीलंका टापुका बासीन्दा थुप्रैले खुर्सानीसँगै अन्य सामग्री बिक्री गर्नका लागि प्रकाशपुर ल्याएका थिए। त्यसले गर्दा पनि डुंगा बढी बजन थेग्न सकेन र पानीको बेग गतिले गर्दा पुरै पानी पस्यो। डुंगा डुब्न लाग्दा यात्रु पुरै रोइकराई गर्न थाले। जब डुंगा डुब्यो, दाउरा संकलन गर्न अर्को डुंगा नजिकै भएकाले गर्दा म पनि बाँचे अरु थुप्रै जना बाँच्यौं । यदि दाउरा संकलन गर्ने डुंगा थिएन भने थुप्रै जना मथ्र्यौं।

कुराकानीमा आधारित

    

 

प्रकाशित: २ आश्विन २०७३ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App