८ वैशाख २०८१ शनिबार
राजनीति

एक लाख घुससहित ९ प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित ९ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठसहित कोटेश्वर प्रभाग र सानोठिमीमा कार्यरत ९ जनालाई शनिबार अख्तियारको विशेष टोलीले १ लाख घुससहित नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार बालुवा तस्करसँग पैसा लिएको पाइएपछि दुई असई, तीन हवल्दार र चार सिपाहीलाई १ लाख रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।  

प्रकाशित: ३० भाद्र २०७५ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App