८ वैशाख २०८१ शनिबार
खेल

एसिया कप : बंगलादेश विरुद्ध मलिङ्गाकाे उत्कृष्ट सुरुवात

काठमाडाैं - युएइमा जारी एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाका लासिथ मलिङ्गाले आफ्नो पहिलो ओभरमै उत्कृष्ट सुरुवात गरेका छन्। बंगलादेश विरुद्ध दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा उनले सुरुवाती ओभरमै २ विकेट लिँदै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका छन्। मलिङ्गाले पहिलाे अाेभरकाे पाँचाै बलमा लिटन दासलार्इ शुन्य रनमा अाउट गरेका थिए भने अाेभरकाे अन्तिम बलमा साकिब अल हसनलार्इ समेत शुन्य रनमै अाउट गरेका थिए। साकिब पहिलाे बलमै अाउट भएका थिए।

३५ वर्षीय मलिङ्गामा फिटनेसको समस्या भएपछि उनी विगत एक वर्षअघि देखि श्रीलंकाकाे एकदिवसीय टोलीमा परेका थिएनन्। उनले यसअघि गत वर्षको सेप्टेम्बरमा भारतसँग भएको खेल खेलेका थिए। जसमा मलिङ्गाले ३५ रन खर्चेर एक विकेट मात्रै लिन सफल भएका थिए। त्यसपछि उनी टोलीमा परेका थिएनन्। तर युएइमा जारी प्रतियोगितामा सुरुवाती ओभरमै २ विकेट लिएर उनले आफु उत्कृष्ट फममा रहेको प्रमाणित गरेका छन्।  

प्रकाशित: ३० भाद्र २०७५ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App