६ वैशाख २०८१ बिहीबार
समाज

पहिराेमा पुरिएर २ काे मृत्यु

हुम्ला - हुम्लामा पहिराेमा पुरिएर शनिवार २ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा जिल्लाकाे चंखेली गाउँपालिका ५ नेप्का बस्ने २५ वर्षीया बसन्ती तामाङ र १२ वर्षीया अनुसा तामाङ रहेका प्रहरीले जानकारी दिएकाे छ। पहिरोमा परेर सोही गाउँपालिका ९ बस्ने ९ वर्षीय हेमन्त तामाङ सहित ४ जना घाइते भएका छन्। शनिवार सोही ठाउँको जंगलमा दाउरा काट्न गएको अवस्थामा माथिबाट अाएकाे पहिरोले बसन्ती र अनुसाको पुरिएर घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइते भएका थिए। घाइतेहरुकाे उपचार जिल्ला अस्पतालमा भइरहेकाे छ।

प्रकाशित: ३० भाद्र २०७५ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App