बादल विरुद्ध गर्जिए गगन– सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र?

शनिबार, ३० भदौ २०७५, १७ : ३१ नागरिक

 

काठमाडौ– वक पटुतापूर्ण नेता मानिएका नेपाली काँग्रेसका साँसद गगन थापाले आज गृहमन्त्री रामबहादुर थापा(बादल) विरुद्ध यस्तै अभिव्यक्ति दिएका छन्।

गृहमन्त्री रामबहादुर थापाको कार्यक्षमता नै नभएको आरोप लगाउँदै गगनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापा(रामबहादुर)गृहमन्त्रीका रुपमा रहनुको औचित्य नै नरहेको आरोप लगाए। सुन तस्करमाथिको कारवाहीको सिथिलता, ठेकेदारमाथि कारवाहीलगायत कञ्चनपुरकी निर्मला पन्तको अपराधी पहिचानमा असफता पाएको सन्दर्भमा गृहमन्त्रीे लाई असक्षम भन्दै यस्तो गृहमन्त्री आवश्यक नरहेको जीकिर गरे । शुन्य समयमा पाएको १ मिनेटमध्ये ५२ सेकेन्ड अभिव्यक्ति दिएका गगन थापाले यसो भने 

 ‘ठूलामाछा पक्रनु भएन हामी बोलेनौ, कामचोर व्यवसायीलाई कानुन नबनाई पक्रनु भयो, छाडनुभयो हामी बोलेनौ, डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनु भयो हामी बोलेनौ,लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार राजु बस्नेत र सम्भु श्रेष्ठलाई प्रहरी लगाउनु भयोे हामी बोलेनौ हामीलाई लाग्यो गृहमन्त्री बादत मान्छे त ठिकै हो क्षमतामा मात्र केही बादल लागेको हो।’ 

‘तर हिजो हामी बोल्यौ अनि मन्त्री ज्यु पनि बोल्नु भयो, अनि थाहा पायौ, युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरूलाई आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ। सभामूख महोदय, सोच र क्षमता दुवै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र?’

 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad