७ वैशाख २०८१ शुक्रबार
राजनीति

वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक पारित

फाइल तस्बिर

काठमाडौ– संविधानले सुरक्षित गरेको तर हालसम्म ऐन नभएको व्यक्तिको गोपनीयताको हक संरक्षण तथा कार्यान्वयन गर्ने वैयक्तिक गोपनीयताको हक संवन्धी विधेयक २०७५ प्रतिनिधिसभाले पारित गरेको छ।

संविधानको धारा २८मा व्यवस्था गरिएको मौलिक हक कार्यान्वयन गर्न उक्त विधेयक तयार गरिएको हो। विधेयकमा व्यक्तिका सातवटा पक्षलाई गोपनीयता कायम हुने व्यवस्था गरिएको छ। यसका लागि सम्पत्ति, आवाश, जीऊ, तथ्याङक, पत्राचार लिखत र चरित्रका विषयलाई छुट्टा छुट्टै समेटिएको छ।

विधेयकलाई संसोधनसहित पारित गर्ने प्रस्ताव गर्दै गृहमन्त्री रामबहादुर थापाले गोपनीयताको हक व्यवस्थित गर्न प्रचलित केही ऐनसमेत संसोधन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले गोपनीयताको हकले व्यक्तिका लागि सूचना गोप्य रहने भएपनि अपराध नियन्त्रण र सुरक्षा व्यवस्था कायम गर्न राज्यले व्यक्तिका गोप्य सुचनामा पहुँच पाउनुपर्ने जिकिर गरेका थिए।

व्यक्तिको मान सम्मान र सुरक्षाका लागि गोपनीयताको हक अपरिहार्य रहेको भन्दै थापाले त्यसकै आधारमा अपराध अनुसन्धान र शान्ति व्यवस्था कायम गर्न अवरोध हुने अवस्था भने आउन नहुने बताए। ‘गोपनीयताको हक सुरक्षा गर्दा अपराधी र भ्रष्टाचारी भने सुरक्षित हुनु भएन,’ उनले भने, ‘यसका लागि सार्वजनिक पद धारण गरेका मात्र होइन आम रुपमा सबैको सम्पत्तिबारे राज्यले जानकारी राख्नुपर्छ। राज्य र समाजको सुरक्षाका निमित्त राज्यले व्यक्तिका गोप्य सूचना पनि जान्नुपर्ने हुन्छ।’

 

 

प्रकाशित: ३० भाद्र २०७५ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App