पोखरा- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन नसकेको भन्दै पोखरामा सरकारको कडा आलोचना गरिएको छ। बलात्कारपछि हत्या भएको ५० दिन नाघिसक्दा पनि प्रहरीले दोषि पत्ता लगाउन नसकेको भन्दै दवाव र्यालीका सहभागिले सरकार अनुसन्धानमा नराम्रोसँग चुकेको बताए।
सामाजिक अभियन्ताको सक्रियतामा शनिबार पोखराको मानवअधिकार चोकबाट निकालिएको दवाव र्यालीका सहभागिले पन्तको हत्यारा पहिचान गर्न नसक्दा नागरिकले न्याय र सुरक्षाको प्रत्याभूति गर्न नसकेको बताए । र्यालीपछि आयोजित सभामा बोल्दै सामाजिक अभियन्ता सावित्री गौतमले छोरीका लागि अहिलेको समय निकै नै चुनौतीपूर्ण रहेको बताईन। असुरक्षाका कारण घरबाहिर हिडडुल गर्न पनि नसक्ने अवस्था आएको उनले बताईन।
‘यस्तै अवस्था रहीरहने हो भने महिलाले उद्यमशीलता पनि अपनाउन सक्दैनन। किनकी कुनैपनि बेला उनीहरु असुरक्षित हुन सक्छन,’ उनले भनिन, ‘कुनैपनि बेला कहीँ कतै पनि छोरी असुरक्षित हुने बेला भयो। सरकारले पन्तको हत्यारालाई कारवाहि गर्न सकेको दिनमात्र नागरिकले न्याए पाएको अनूभुति गर्न पाउनेछन।’ उनले घरबाट बिहान निस्केकी छोरी बेलुकी घर नफिर्किन्जेल ढुक्क भएर बस्न सक्ने अवस्था नरहेको बताईन।
स्वस्र्फुत रुपमा शनिबार भेला भएका समाजका अगुवा, अधिकारकर्मी र सहभागिले निर्मलालाई जतिसक्दो छिटो न्याय दिनुपर्ने बताए। कालो पहिरनमा सहभागि भएका उनीहरुले कुनै पक्षलाई आक्षेप लगाउनुभन्दा पनि पन्तका हत्यारालाई पहिचान गरेर कारवाहि गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। चुप लागेर नबसौं, न्याय मर्न नदिऔं, सरकार देखाउ इच्छा, खै त महिलाको सुरक्षा, मौन बसेको सरकार, किन बढ्दैछन बलात्कार, सरकारले देखायो लाचारी, त्यसैले हाम्रो खबरदारी लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
मौन जुलुस मानव अधिकारचोकबाट सुरु भई महेन्द्रपुलसम्म पुगेर फेरि मानव अधिकारचोकमै फर्केर कोणसभामा परिणत भएको थियो। कोणसभामा युवा अभियन्ता सौगात पोखरेलले सरकारले पन्तका हत्यारा पहिचान गर्न नसक्नु सबैभन्दा ठुलो कमजोरी भएको बताए। देशमा न्याय पाउने आशा जनताले गर्न छाडेको उनले बताए। देशभरका मुख्य १९ सहरमा शनिबार निर्मलालाई न्याय दिलाउनका लागि नागरिक समाज र सर्वसाधारणले स्वस्फुर्त रुपमा जुलुस निकालेका थिए। पोखराको यो जुलुसमा कलाकार अधिकारककर्मी, न्यायकर्मी, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी लगायत सहभागि थिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत