८ वैशाख २०८१ शनिबार
खेल

म्यानचेस्टर सिटी , लेस्टर र आर्सनल विजयी

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी, डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी र आर्सनल विजयी भएका छन्। लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने क्रममा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ४–० गोल अन्तरले पराजित गर्यो। उसको जितमा केभिन डि ब्रायन, इर्हिनाचो, रहिम स्र्टलिङ तथा इके ग¬ण्डोगानले समान एक एक गोल गरेका थिए।

त्यस्तै डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले बन्र्ललाई ३–० ले पराजित गर्यो। उसको जितमा लेस्टरमा हालै अनुबन्धन भएका इस्लाम स्लिमानीले द¬ई  गर्दा बन्र्लका रक्षक बेन मिले एक आत्मघाती गोल गरेका थिए।

त्यस्तै  एलेक्स सान्चेजको दुई गोलको मद्दतमा आर्सनलले  हल सिटीलाई ४–१ गेल अन्तरले पराजित गरेको छ। उसका लागि बाल्कोट र ग्रानिट जाम्पाले थप एक एक गोल गरेका थिए। हल सिटीका रोर्बट सन्ड्रासले खेलको ७९ औं मिनेटमा गोल गरेपनि त्यो खेलमा फर्कन प्रयाप्त भएन ।

यस जितसँगै म्यानचेस्टर सिटी लगातार पाँच खेलमा जित हात पार्दै १५ अंकका साथ लिग तालिकाको शिर्ष स्थानमा रहँदा एभरटन १३ अंक सहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै आर्सनल १० अंक सहित लिगको तेस्रो स्थानमा रहँदा चेल्सी र लिभरप¬ल पनि समान अंक भएपनि गोल अन्तरमा पछि रहँदै क्रमश चौथो  र पाँचौ स्थानमा रहेका छन्।

 

 

प्रकाशित: २ आश्विन २०७३ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App