coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘विश्व व्यापार संगठनको पुनर्संरचना अनिवार्य’

अर्जेन्टिना– जी ट्वन्टी राष्ट्रका व्यापारमन्त्रीहरुले विश्व व्यापार संगठन(डब्लुटिओ)को पुर्नसंरचना अनिवार्य देखिएको औल्याएका छन्। अर्जेन्टिनामा सम्पन्न जी ट्वन्टीमन्त्री स्तरीय बैठकले डब्लुटीओमा सुधार ल्याउनुपर्ने निश्कर्ष निकालेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ खर्व डलरमूल्य बराबरका चिनिया सामानमा थप आयातकर लगाउने तयारी गरेपछि उनिहरुको यस्तो प्रतिक्रिया आएको हो। उनीहरुले अन्तर्राष्ट्रिय व्यापारमा  देखिएका पछिल्ला समस्या समाधानका लागि छलफल परामर्शलाई तीब्रता दिइने जनाएका छन्।

वास्तवमा नयाँ भन्सार मापदण्ड सकारात्मक छैनन्, अर्जेन्टिनाका उत्पादन तथा श्रममन्त्री डाँटे सिकाले भने,‘ परिस्थिति कसरी अगाडि बढ्छ भन्ने कुरा हामीले नियाली रहनुपर्छ।’ जर्मनीका सहायक अर्थमन्त्री अलिभर विट्कीले १ दिने बैठकको संकेत डब्लुटिओलाई सबलीकरण गर्ने सन्दर्भमा बलियो संकेत भएको टिप्पणी गरेका छन्। अमेरिका पहिलो र विश्वब्यापी संरक्षणबादको प्रभावको समयमा डब्लुटिओबारेको यो आवाज महत्वपूर्ण रहेको उनको भनाइ थियो। 

बैठकपछि जारी घोषणामा डब्लुटिओको पूर्नसंरचना कसरी र कहिलेगर्ने भन्ने योजना भने उल्लेख भने गरिएको छैन। आगामी नोभेम्बरको अन्त्यतिर अर्जेन्टिनामा हुने जी ट्वन्टी शिर्ष नेतृत्वको बैठकले यसबारे थप निर्णय लिने अपेक्षा गरिएको छ।

 

प्रकाशित: ३० भाद्र २०७५ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App