coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बार्सिलोना र एथ्लेटिको मड्रिडको सानदार जित

मड्रिड–स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडको सानदार जित  हात पारेका छन्।
 सानदार जित हात पार्ने क्रममा बार्सिलोनाले नवप्रवेशी लिगेन्समाथी ५–१ गोल अन्तरले पराजित गरेको हो। खेलको १५ औं मिनेटमा लियोनल मेसीले स¬रुवाती गोल गर्दै बार्सिलोनालाई  १–० को अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३१ औं मिनेटमा ल¬इस स्वारेज र ४४ औं मिनेटमा नेइमारले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।

दोस्रो हाफमा पनि बार्सिलोनाले  खेलमा आफ्नो दबाब कायम नै राख्यो। खेलको ५५ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता ४–० को अग्रता दिलाएका थिए। त्यस्तै ६४ औं मिनेटमा राफिन्हाले थप एक गोल गर्दै बार्सिलोनालाई ५–० को अग्रता दिलाएका थिए। खेलको ८० औं मिनेटमा लेगेन्सका ग्राब्रियरले एक गोल फर्काएपनि त्यो खेलमा फर्कन प्रर्याप्त भएन र खेल बार्सिलोनाले  ५–१ ले जित्यो।

त्यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले  स्र्पोटिङ गिजोनमाथि  ५–० को एकतर्फी जित हात पारेको छ । खेलको दोस्रो मिनेटमा नै  गोल गर्दै एन्टेनियो ग्रिजम्याले एथ्लेटिको मड्रिडलाई स¬रुवाती अग्रता दिलाएका थिए। गामिरियोले खेलको पाँचौ मिनेटमा थप एक गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए। त्यस्तै खेलको २५ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टोलीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए। खेलको ७८ औं र अतिरिक्त समयमा थप द¬ई गोल गर्दै फर्नान्डो टोरेसले एथ्लेटिको मड्रिडलाई ५–० को जित  दिलाउन सफल भए।

 

प्रकाशित: २ आश्विन २०७३ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App