१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्टेनको पुनरागमन

जोहानेसबर्ग – दक्षिण अफ्रिकाका तीब्र गतीका बलर डेल स्टेन २ वर्षपछि एकदिवसीय टोलीमा पुनरागमन गर्न सफल भएका छन् । सेम्टेम्बर ३० बाट जिम्बाब्वेविरुद्ध हुने तीन एकदिवसीय शृंखलाका लागि दक्षिण अफ्रिकाले शुक्रबार घोषणा गरेको १६ सदस्यीय टोलीमा स्टेन अटाउन सफल भएका हुन्।

पछिल्लो समय कुम र खुट्टाको चोटका कारण लयमा नरहेका ३५ वर्षे स्टेनले अक्टोबर २०१६ पछि एकदिवसीय टोलीमा स्थान बनाउन सकेका थिएनन् । स्टेनले २०१९ मा इङल्यान्डमा हुने एकदिवसीय विश्वकपपछि एकदिवसीय क्रिकेटबाट विदा हुने योजना बनाएको बताउदै आएका छन्।

स्टेनले यसैवर्ष श्रीलंकाविरुद्ध २–० ले पराजित शृंखला खेले पनि आफ्नो उपस्थिती प्रमाणित गर्न सकेका थिएनन् । उनले शृंखलामा ८९.५० को ओसतमा रन खर्चदै मात्र २ विकेट लिएका थिए।

क्रिस्टियन जोङकर पहिलो पटक एकदिवसीय टोलीमा स्थान बनाउन सफल भएका छन् । जोङकरले फेब्रुअरीमा भारतविरुद्धको अन्तिम ट्वान्टी–२० शृंखलामा ४९ रन बनाउदै सुखद ‘डेब्यु’ गरेका थिए।

विकेटकिपर क्विन्टन डी कक र ब्याटस्म्यान डेभिड मिल्नरलाई एकदिवसीय टोलीमा आराम दिइए पनि जिम्बाब्वेविरुद्धको तीन ट्वान्टी–२० शृंखलाका लागि टोलीमा राखिएको छ । फिटनेसका कारण फाफ डु प्लेसी उपलब्ध हुनेमा दुविधा भए पनि  दुवै शृंखलाका लागि उनलाई नै कप्तानको जिम्मेवारी दिइएको छ।

प्रकाशित: ३० भाद्र २०७५ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App