अनुभूति

माइतीले बिर्संदा...

शनिबार, ३० भदौ २०७५, १० : २७ शोभा ज्ञवाली  | @GyawaliShova

150


गएको दुई हप्ता तीजको रमझम महसुस गरियो। छिमेकीको वल्लो घर, पल्लो घर दुवैतिर, दायाँ–बायाँ दुई हप्तादेखि तीजको नाचगान चलिरहेको थियो। सहरका कुना–कुनामा फूल फुलेसरी राता, पहेँला, हरिया लुगामा दिदी–बहिनीहरु दर खाँदै नाचगान गर्दै हिँडेको देखियो। मानौँ, अब नेपालीहरू आ–आफ्नो गच्छेअनुसार खुसी मनाउन समृद्ध भइसके। केहीले हप्तौँअघिदेखि तीजको दरखाने र नाचगान गर्ने अनि खुसी र माया साट्ने यो शैलीलाई आलोचनाको कोणबाट पनि हेरे।

व्यस्ततम जीवनबाट आफ्नो केही समय निकालेर खुसी हुने बहाना खोज्नु ननिको होइन। मन प्रफुल्ल भएपछि त हाम्रा सबै कुरा व्यवस्थित हुन्छन्! चेलीबेटी र चाडपर्वको एकदमै गहिरो नाता हुन्छ। यो एउटा यस्तो सम्बन्ध हो । कुन एक हटाउनु वा एकको अनुपस्थिति हुनु भनेको चाडपर्व र चाडपर्वको महत्व नै गौण हुनु हो । विशेष गरेर चेलीबेटीको लागि माइती भनेको विशेष लगाव र चाहना साथै गहिरो सम्बन्ध नै हुन्छ। परापूर्वकालदेखि नै हाम्रो समाजले चेलीबेटीलाई आफ्नो चाडपर्वमा महत्व दिँदै आएको छ। अनि चेलीबेटी पनि विशेष गरेर तीज, जनै पू¨णमा आदिमा माइत जान पाउँदा अती नै खुसी हुन्छ। यस्तो अवस्थामा माइत जान नपाउँदा उसको मन कति दुःखी हुन्छ भन्ने कुरा गरेर साध्य नै हुँदैन।

यसपाला माइतीबाट बोलावट आएन। कति खुसी बाँडुली भनेर सबैलाई उपहार किनेकी थिएँ। भाउजूका लागि एउटा प्याकेट र प्याकेटभरि रातो टीका, हरिया चुरा, कुर्ता र यस्तै उहाँलाई मनपर्ने सरसामग्री थिए। दरखाने दिन यो प्याकेट हेरेर मैले आफ्नो आँसु लुकाउन सकिनँ, जति रोक्न खोज्दा पनि यो रोकिएन।

एक दिन म तीज मनाउन एउटा समुदायकहाँ पुगेकी थिएँ। मैले त्यो समुदायको उपहारका लागि प्याकेटमा केही लिएर गएकी थिएँ । त्यो प्याकेट खोलेर दिँदा लिने महिलाहरूका आँखामा आँसु देखेँ। म यो आँसुको मूल्य बुझ्छु । हरकोहीको भाग्यमा बाँडिने खुसी हुँदैन, पाउने खुसी हुँदैन। केही थोरै नाचगान, केही थोरै उपहार र केही थोरै आत्मियताले मानिसको मनमा कति धेरै खुसी दिन्छ, जुन आँसु बनेर छचल्किन्छ!

कतिको भाग्यमा यो खुसी छैन । पैसा छ, तर सम्बन्ध छैन। सम्बन्ध छ, तर मन छैन। मन छ, तर उदारता छैन । चाडपर्वले हामीलाई आफ्ना खुसी अरुलाई बाँड्न प्रेरित गर्छ।

यसपालि पनि त एउटा तीज कार्यक्रममा उपहारसहित पुग्दा केहीको प्रतिक्रिया पाएकी थिएँ, यस्तो कार्यक्रम गर्दा माइतीले नै सम्झेजस्तो लाग्यो।

ओहो, हाम्रो नारी मन बिहे गरेर कहाँ–कहाँ पुगिसक्यो, सन्तान जन्मिए, हुर्किए, सन्तान पनि व्यवस्थित बनिसके । तर, माइतीले सम्झिदिँदा मात्र पनि कत्ति ठूलो महत्व हुँदो रहेछ!

कतिका आमाबुबा बितिसके, माइती जाने बाटो रोकियो। कतिका भाउजू छन्, तिनका लागि रातो टीका, हरियो चुरा, कुर्ता र अनेक पहिरन तयारी अवस्थामा छ तर के गर्नु? निम्तो छैन!

यसपाला माइतीबाट बोलावट आएन।
कति खुसी बाँडुली भनेर सबैलाई उपहार किनेकी थिएँ। भाउजूका लागि एउटा प्याकेट र प्याकेटभरि रातो टीका, हरिया चुरा, कुर्ता र यस्तै उहाँलाई मनपर्ने सरसामग्री थिए।

दरखाने दिन यो प्याकेट हेरेर मैले आफ्नो आँसु लुकाउन सकिनँ, जति रोक्न खोज्दा पनि यो रोकिएन । बग्न दिएँ मनका पीडा..। सबै सबै पीडा यही आँसुले बगाओस् । हप्ता दिनदेखिको मनभरि उकुसमुकुस भएको मनको टिस पखालियोस् त्यही आँसुले।

उपहारका प्याकेट हेर्छु र भाउजूलाई सम्झन्छु– कति इच्छा र कति जाँगरले भाउजू–बुहारीका लागि किनिदिएकी थिएँ। माइती जाँदा यी उपहार दिन्छु भनेर किनेकी थिएँ । मेरा भाउजू–बुहारीको गोरो अनुहारमा कति सुहाउँछ, यो टीका! चुरा र कुर्ताले बुहारी कति धपक्क बल्लान्!

आखिर मेरो सानो संसारमा अब माइती भन्नु नै भाउजू र बुहारी नै हुन्! बाबा–आमा पछिको मेरो खुसी बाँड्ने ठाउँ त्यही माइती त हो ! बाबाआमाको देहान्तपछि मेरो माइतीसँगको सम्बन्ध सकियो त? पक्कै पनि सकिएको छैन। साइनो अझै बाँकी छ। त्यो घरमा मैले बालापन बिताएकी छु, त्यो घरमा म आफू हुञ्जेल सजाएकी छु। मेरा बदमासीले दाजुलाई सताएकी छु र मायाले भाइलाई सजाएकी छु।

त्यसैले माइतीबाट मलाई टाढा हुन मन छैन। ‘माइतीको त कुकुर पनि प्यारो लाग्छ,’ झन् त्यहाँ त ज्यूँदा जाग्दा आत्मा छन्। माइतीको बाटो र छरछिमेक सबै प्यारो लाग्छन्।

मलाइ मात्र होइन, बहिनीलाई पनि त यस्तै भएको हुँदो हो। ऊ पनि त माइतीबाट निम्तो आउला र दिदीसँगै रमाइलो गर्न माइत पुगौँला भन्ने सोचेकी हुँदी हो। दिनभरि बसौँला, खुसी साटौँला, यत्तिका दिनको अनुपस्थितिमा भएका/छुटेका एक डोका कुरा गरौँला।

कति खुसीले यी सामान किनेकी थिएँ!

आज निम्तो आउला, भोलि आउला भन्दै हप्ता दिन कुर्दाकुर्दै दर खाने दिन पनि आयो। तर, माइतीबाट केही खबर आएन ! दर खाने दिन आज त माइतीबाट दर खान लिन आउलान् भनेर बिहानदेखि कतिबेला आँगनतिर त कतिबेला मोबाइलतिर ध्यान गइरह्यो। तर, कोही लिन आएनन्।

यस्तो लाग्यो– माइती भनेको बाबा–आमा हुञ्जेल मात्र रहेछ! आमाबुबाबाहेक त्यस्तो माया अब माइतीको पोल्टाबाट निश्रित हुन छाडिसक्यो? यो संसारमा दाजुभाइले आफूसँगै हुर्केका दिदीबहिनीलाई माया गर्न मिल्दैन? एउटै कोखबाट जन्मेको, सँगै बाल्यकाल बिताएको, लेख्न–पढ्न र सुख–दुःखमा गरिएका सहयोग आमाबुबासँगै वाष्पीकरण भएकै हो त?

कसरी रगतको यति गाढा नातालाई विर्सन सकेको होला? बिहेको दिन बोकेर दिदी–बहिनीलाई घरको आँगनमा गाडीमा घुमेर बिदा गरेको दिनदेखि दाजुभाइले बिर्सन पाइन्छ? भाइटीका होस् या रक्षा बन्धन, हरेक वर्ष उनीहरूको लामो आयु र उत्तरोत्तर प्रगतिका लागि गरेको प्रार्थना र कामनाको बदला तीजमा बिर्सन लिएको हो?

दाइ, तिमीले लुकीलुकी दिएको त्यो चकलेटको स्वाद अझै भुलेकी छैन। अप्ठेरा गृहकार्यलाई आफैँले गरिदिएको अझै बिर्सेकी छैन। अँध्यारोमा डर लाग्दा तिमीले दिएको हौसला र भरोसाको क्षण अझै ताजा छन्। तिम्रा गल्ती छोप्न बोलेका झूट र तिम्रा गल्ती आफूले सकार्दा पाएको लौरीका सुम्ला पनि अझै ताजा छन्।

घरभरि छरछिमेक र आफन्तले दिएका चुरा, लुगा र दर छन् । तर, मलाई तिम्रो आँगनमा छुटेका मेरा बालापनको स्वाद लिन देऊ । रमाइलो त मेरो घरैमा छ, मलाई माइतीको आत्मीयता चाहिएको छ। तीजमा माइतीको माया कति खोज्दोरहेछ भन्ने बल्ल यत्तिका वर्षपछि चाल पाउँदैछु । जीवनको आपाधापी, दौडधुप र संघर्षले हामीलाई कतिपय अवस्थामा सम्बन्ध बिर्सन्छौँ, कर्तव्य बिर्सन्छौँ। तर, चाडवाड भनेको तिनै सम्बन्ध र कर्तव्यलाई ‘रिन्यु’ र ‘रिचार्ज’ गर्ने एउटा सशक्त माध्यम रहेको बल्ल बुझ्दैछु।

त्यसैले त एउटी चेलीलाई तीजको महत्व भएको। यो मनले माइतीको माया कति खोज्दोरहेछ !  त्यही टिभी, त्यही दर र त्यही छरछिमेक र तिनै गीत कति सुन्नु? वर्षभरि माइतीले नसम्झिए पनि एक दिन यही तीजमा माइतीले बिर्संदा एक युग नै लाग्दोरहेछ!

तीजका विभिन्न परिभाषामध्ये मैले एउटा परिभाषाका बारेमा सुनेँ। तीजको अर्थ– तीन अर्थात् एक, दुई, तीन । एक भनेको शरीर, दुई भनेको मन र तीन भनेको आत्मा। वा आत्मा शुद्धिको व्यवस्था। मीठो खाएर÷खुवाएर मन खुसी पारेर, मनको खुसीपछि चैतन्यको यात्रा, ध्यान, योग, व्रत, साधना, आराधना रहेछ।

माइतीले बिर्से पनि आफूलाई सम्हालेर जसको माइती छैन, उसैसँग दर खाएर मन खुसी पारी आराधनाको तयारीमा लागेँ। त्यहाँ औधि खुसी र रमाइलो भए पनि यो मनले आफ्नो छुटेको अंश खोज्दोरहेछ, छुटेको बालापन र माया खोज्दोरहेछ।







यसमा तपाईको मत


अन्य समाचार

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...