तीन किशोरी दस दिनदेखि बेपत्ता

शनिबार, ३० भदौ २०७५, ०७ : २० नागरिक

48


नुवाकोट – नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन। हराउनेमा १८ वर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ वर्षीया सम्झना तामाङ र १७ वर्षकै हसिना भन्ने माया तामाङ छन् । उनीहरु श्रीकृष्ण जन्माष्टमीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए।

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराए पनि अहिलेसम्म घर नफर्किएको शर्मिलाका बुवा सेम्बरबहादुर तामाङले शुक्रबार बताए। तामाङका अनुसार इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर बेपत्ता भएकाको खोजी गरिदिन आग्रह गरिएको छ।

‘गाउँबाट अहिलेसम्म बाहिर कतै गएका थिएनन्। हराएको १० दिन बितिसक्यो । प्रहरीलाई खबर गराए पनि केही जानकारी आएको छैन,’ तामाङले भने, ‘जमाना ठीक छैन। न कतै बिचल्लिमा परेका छन् कि, पिरै पिर छ।’

जिल्लासँग जोडिएका सबै नाकामा उनीहरुको खोजी भइरहेको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले बताए । तीन किशोरीले बोक्ने गरेको मोबाइलको ‘कल डिटेल’ लिने क्रममा रहेकाले त्यसपछि पहिचानका लागी केही सहज हुने विश्वास प्रहरीले लिएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...