४ वैशाख २०८१ मंगलबार
राजनीति

निर्मलाका बाबुअामालार्इ भेट्दै गृहमन्त्रीले भने, 'दाेषी पत्ता नलाग्दा मलार्इ जति पीडा कसैलार्इ छैन'

फाइल तस्विर

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले निर्मलाका हत्यारालार्इ कठघरामा ल्याउन नसक्दा अाफु जति पीडा अरु कसैलार्इ हुन नसक्ने बताएका छन्। निर्मलाका बाबुअामा सहितको प्रतिनिधिमण्डललाई शुक्रवार गृहमन्त्रालमा भेट्दै गृहमन्त्री थापाले भने ‘दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला जस्तो मलाई लाग्छ।’ पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउँदै उनले हत्याराको नजिक आफुहरु पुगिसकेको भन्दै दोषीलाई कठघरामा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे। 

‘कञ्चनपुर घटनामा हामीले सुरुदेखिनै ध्यान दिएका हौ' गृहमन्त्री थापाले भने 'घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौ, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं, त्यसले पनि नभएपछि उच्चस्तरीय छानविन समिति गठन गरिएकोछ समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भइरहेको छ। दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिने बताए।

निर्मलाका बाबुअामाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए।

प्रकाशित: २९ भाद्र २०७५ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App