७ वैशाख २०८१ शुक्रबार
समाज

१० दिनदेखि तीन किशोरी बेपत्ता

नुवाकोट - नुवाकोटको तादी गाउँपालिका– १ उर्लेनी काल्चेका तीन किशोरीहरु हराएको १० दिन बितिसक्दा समेत केही अत्ताेपत्ताे लाग्न सकेकाे छैन। हराउने किशोरीहरुमा १८ वर्षीया शर्मिला भन्ने आइती तामाङ, उनकी फूपु १७ वर्षीया सम्झना तामाङ र छिमेकी १७ वर्षीया हसिना भन्ने मायाँ तामाङ रहेका छन्। उनीहरु श्रीकृष्ण जन्माअष्टमीका दिन अर्थात भदौ १८ गते रथयात्रा हेर्न भनि खरानीटार गएका गएका थिए। बिहान घरबाट जात्रा हेर्ने र साँझ फर्कने भनेर घरमा जानकारी गराए पनि अहिलेसम्म घर नफर्किएपछि परिवार चिन्तित भएका छन्।

शर्मिलाको बुबा शेम्बरबहादुर तामाङका अनुसार हराएकाहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएकाे छ। “गाउँबाट अहिलेसम्म बाहिर कतै गएका थिएनन्, हराएको १० दिन बितिसक्यो, प्रहरीलाई खबर गराए पनि केही जानकारी आएको छैन,” तामाङले भने, “जमाना ठिक छैन न कतै बिचल्लिमा परेका छन् कि, पिरै पिर छ।”

किशोरीहरुको खाेजीका लागि जिल्लासँग जोडिएका सबै नाकाहरुमा निगरानी बढाइएकाे नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले बताए। तीन किशोरीहरुले बोक्ने गरेको मोबाइलको ‘कल डिटेल’ लिने काम भइरहेकाे प्रहरीले बताएकाे छ।

प्रकाशित: २९ भाद्र २०७५ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App